कञ्चनपुरको एक विद्यालयमा पाँच शिक्षकले ४९ विद्यार्थी पढाउँदै

कञ्चनपुर , भदौ ०७ ।
शुक्लाफाँटा नगरपालिका–१० स्थित त्रिमूर्ति आधारभूत विद्यालयमा पाँच शिक्षकले ४९ विद्यार्थीलाई पढाउँदै आएका छन् । नगरपालिका कार्यालयदेखि झण्डै दुई किलोमिटरको दूरीमा रहेको उक्त विद्यालय लामो समयदेखि विद्यार्थी अभाव झेल्दै आएको छ । पचास विद्यार्थी बरावर एक शिक्षक हुनुपर्ने नियमअनुसार पनि एउटा शिक्षकले पढाउन मिल्ने विद्यार्थी सङ्ख्या छैन । हाल बालकक्षामा १८, कक्षा एकमा चार, कक्षा दुईमा १०, कक्षा तीनमा छ, कक्षा चारमा पाँच र कक्षा पाँचमा ६ विद्यार्थी भर्ना भएका छन् ।

 

भर्ना भएका विद्यार्थीमध्ये पनि कम मात्रै विद्यालय आउने गरेको प्रधानाध्यापक अमरराज उपाध्ययले बताए । विद्यालयको पहुँच क्षेत्र कम, नीजि विद्यालयको चाप बढ्नु तथा अन्य सामुदायिक विद्यालय नजिक हुँदा विद्यार्थी अभाव भएको उनको भनाई छ । विद्यार्थी न्यून भएकाले नजिकको सामुदायिक विद्यालयमा समायोजनका लागि पहल भइरहेको छ । नगरपालिकाका वडाध्यक्ष लालबहादुर ऐरले पढाइको गुणस्तर कमजोर र न्यून विद्यार्थी भएकाले छिट्टै विद्यालय समायोजन गरिने बताए ।

 

वार्षिकरूपमा शिक्षकले तलबबापत रु १० लाख ९१ हजार, प्रशासनिक खर्च रु २० हजार, किताब खरिद गर्न रु १० हजार तथा छात्रवृत्तिबापत रु १२ हजार खर्च हुने गरेको छ । यहाँ ९५ प्रतिशत विद्यार्थी दलित समुदायका रहेका छन् । रासस

 

प्रतिकृया दिनुहोस

कक्षा ११ को नतिजा सार्वजनिक

काठमाण्डौ ,असोज २० ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । अघिल्लो वर्षभन्दा झण्डै तीन महिना अघि बोर्डले कक्षा ११ को नतिजा

शिक्षक कर्मचारीको आन्दोलनले सिद्धनाथ विज्ञान क्याम्पस ठप्प

भिमदत्तनगर ,असोज १८ ।  कञ्चनपुरको सिद्धनाथ विज्ञान क्याम्पसका शिक्षक/कर्मचारीले क्याम्पसमा हड्ताल गरेका छन् । क्याम्पस प्रमुख विमला शाक्य लामो

सरकारले कर्मचारी व्यवस्थापन गर्न नसक्दा बैतडीका सबै स्थानीय तह शिक्षा शाखा प्रमुख बिहीन

बैतडी, असोज ०९ । सरकारले स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न नसक्दा बैतडीका सबै स्थानीय तह शिक्षा शाखा प्रमुखबिहीन रहेका छन् । देश सङ्घीय