धनगढीमा युगल रचना वाचन हुँदै

धनगढी , भदौ ०८ ।
धनगढी आसपासमा साहित्य लेखनिमा सकृय रहेका युवा श्रस्टाहरुको समूह रचना वाचन समूह धनगढीको चौथो शृङ्खलामा सनिवार धनगढीका दुइजना चर्चित गजलकार तारा पल्लवी र रघुनाथ कडरिया धनगढीमा गुन्जिने भएका छन । २०७३ साल कार्तिक २७ मा प्रदेश ७ का चर्चित युवाकवी जनक रसिकबाट सुरु भएको यो रचना वाचन शृङ्खलाको दोश्रो शृङ्खलामा २०७३ पौष ९ गते संचारक्रमी तथा गजलकार डिल्लीराज ओझा समर्पण गुन्जिएका थिए। त्यसपछि अली सुस्ताएको एकलवाचन पुनः २०७४ को मध्यतिर प्रखर कवि हेमन्त विवशको धनगढीको माहोल तताएका थिए भने यसपटक गजलकार द्वय तारा पल्लवी र रघुनाथ कडरियाले आफ्ना सृजना मार्फत प्रदेश अस्थायी राजधानी धनगढीलाइ गुन्जाएमान बनाउने आयोजक रचना वाचन समूह धनगढीका एकजना सदस्य डिल्लीराज ओझा समर्पण शुक्रबार जानकारी दिए ।

 

पल्लवी प्रदेश ७ बाट ६० को दशकदेखी नेपाली गजल लेखनना सक्रिय नारी श्रस्टा हुन भने कडरीय पनि ६० कै दशकदेखी बहरमा कलम चलाइरहेका सकृय श्रस्टा हुन । वाचन संघसंगै दर्शकलाइ थप मनोरञ्जन प्रदान गर्न पश्चिम नेपालका उदाउँदा गाएक र संगीतकार नरेश जोशी ( आर्यन )को गाएन समेत रहने आयोजक समितिका अर्का सदस्य जनक रसिकले बताए। युगल रचना वाचन अवलोकन गर्न रु.१०० को टिकट राखेका छौ सुरुसुरुमा मान्छेले पैसा तिरेर पनि कसैले साहित्यिक कार्यक्रममा जान्छ र भनेर खिसी काडेपनी अहिले सो कार्यक्रममा उपस्थिति हुन मान्छेहरु अग्रिम टिकट लिरहेका छन रसिकले अगाडि बताए ।

 

प्रदेश न. ७ का स्रस्टाहरुलाइ मंच प्रदान गर्दै यस क्षेत्रको साहित्यलाइ अगाडि बढाउनु र साहित्यानुरागीहरुलाइ साहित्यिक रसपान गराउनु कार्यक्रम मुख्य उद्देश रहेको आयोजक समितिका सदस्य डिल्लीराज ओझा समर्पणले बताउनुभयो। उहाँले पहिले कार्यक्रमको लागि होटेल डिभोटी तय गरेपनी दर्शकको चाप बढ्ने संकेत देखिएपछि कैलाली उद्योग वाणिज्य संघसंगै जोडीएको सुभम् आवास गृहमा कार्यक्रम हुन लागीएको समेत समर्पणले बताए ।

 

प्रतिकृया दिनुहोस

गायक बिष्णु भट्टको “रक्सीमा नशा भन्छौ बोतल हल्या खै त” बोलको गीत सार्बजनिक

धनगढी ,असोज ६ ।  गायक बिष्णु भट्ट “रक्सीमा नशा भन्छौ बोतल हल्या खै त” बोलको गजल गीत ल्याएर साङ्गितिक क्षेत्रमा आएका छन्। सराव र प्रेमको समिश्रण

नेपाल अाईडलमा सात नम्बर प्रदेशका प्रतियोगी रबि १२ जनाभित्र पर्न सफल

काठमाण्डौ ,असोज ६ ।  नेपालको चर्चित रियालिटी शो नेपाल अाईडलमा सात नम्बर प्रदेशक एक्ला प्रतियोगी रबि ओड १२ जनाभित्र पर्न सफल भएका छन् । शनिबार साँझ

नेपाल अाईडलमा प्रदेश ७ का एक्ला प्रतियोगी रबि ओड को आज अग्नी परिक्षा हुँदै

अत्तरिया ,असोज ४ ।  नेपालको चर्चित रियालिटी शो नेपाल अाईडलमा अहिले सम्म टिकेका रबि ओड आज के हुन्छ सबैलाई कौतहलता भएको छ । कृष्णपुर गुलरियाका रबि उक्त