अचेत भारतीय वृद्धको उद्धार ।

माघ २४ अत्तरिया कञ्चनपुरको शुक्लाफाटा–४,असैनामा पाँच दिनदेखि अचेत अवस्थामा रहेका करिब ६० वर्षीय भारतीय वृद्धको उद्धार गरिएको छ । असैना गाउँको अछामी टोल पीपल चौतारा नजिक एक काठको घरको भुइँतलामा अचेत अवस्थामा रहेका बेवारिसे वृद्धको प्रहरीको सहयोगमा उद्धार गरिएको हो । स्थानीयवासीले भारतीय भाषा बोल्ने वृद्ध पाँच दिनदेखि घरको भुइँतलामा अचेत अवस्थामा रहेको प्रहरीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय, झलारीबाट प्रहरी नायब निरीक्षक मणि भट्टको नेतृत्वमा पुगेको टोलीले वृद्धलाई उद्धार गरी उपचारका लागि महाकाली अञ्चल अस्पतालमा भर्ना गराएको छ । वृद्धको अवस्था चिन्ताजनक रहेको छ । वृद्ध कुन ठाउँका हुन् र कसरी अचेत भए भन्नेबारे प्रहरीले अनुसन्धानको कार्य गरिरहेको प्रहरी नायब निरीक्षक भट्टले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

डिभिजन दुईमा नेपालीनयाँ सरकार गठनसँगै नवराज सिलवाल प्रकरणमा यूटर्न ।

काठमाडौं , फागुन ४ । बिहीबार अपराह्न शीतल निवासमा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ता

केपी शर्मा ओली नेपालको ४१ औ प्रधानमन्त्री बने

फागुन ३ ,काठमाण्डौ ।  नेकपा  एमालेका  अध्यक्ष केपी ओली मुलुकको ४१औँ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनले आज नै पद तथा गोपनियाताको शपथ ग्रहण

केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त

फागुन ३ ,  काठमाडौं ।अन्तत  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६