बालिका पन्त हत्याका दोषीलाई कार्बाही हुन्छ - प्रधानमन्त्री ओली

तस्बिर - नयाँ पत्रीकाबाट साभार

काठमाण्डौ ,भाद्र ९ ।  

प्रधानमन्त्री केपी ओलीले कञ्चनपुर घटनाका दोषीलाई कारबाही गर्न  सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । पन्त हत्याको  घटनाका बिषयमा प्रधानमन्त्री ओली र नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण गर्न गएका  नेकपाका तर्फबाट कैलाली र कञ्चनपुरबाट प्रतिनिधित्व गर्ने  सांसद र तथा नेकपाका केन्द्रीय सदस्यहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।ओलीले भने - सरकारले गम्भीर रुपमा लिएकोले छानविन समिती गठन गरेर काम अघि बढाएको बताएको छ  । उनले  घटनाको आवरणमा हिंसा भड्काउने प्रयास गर्ने  व्यक्तिहरुको पहिचन गरी कारबाही गर्न र स्थितीलाई सहज बनाउन सुरक्षा निकायलाई निर्देशन दिइसकिएको बताए । नेकपाका स्थायी समिती सदस्य भिम रावल र लेखराज भट्टको  नेतृत्वको टोलीले प्रधानमन्त्री ओली र अध्यक्ष दाहाललाई आज बालुवाटारमा भेटेर घटनाको बारेमा जानकारी गराउदै दोषी पत्ता लगाउन र कारबाही गर्न माग गरेका छन् । 

प्रतिकृया दिनुहोस

घरदैलोमा पुगेर सेवा दिन कर्मचारीहरुलाई प्रधानमन्त्रीको निर्देशन

काठमाण्डौ ,भाद्र २२ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले १ नागरिकको घरदैलोमा पुगेर सेवा दिन कर्मचारीहरुलाई निर्देशन दिएका छन् । १५औँ निजामती सेवा

सातै प्रदेशका मुख्यमन्त्रीहरुको प्रथम भेला पोखरामा सुरु

पोखरा ,भाद्र २१।  सात वटै प्रदेशका मुख्यमन्त्रीहरुको प्रथम भेला पोखरामा सुरु भएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को आयोजनामा

पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढ्यो

काठमाण्डौ ,भाद्र २१ ।  नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढाएको छ । आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा