अत्तरियामा रहेको समता स्कुलको अभिभावक भेला कार्यक्रम सम्पन्न

अत्तरिया , भदौ ०९ ।
समता फाउण्डेसनद्धारा संञ्चालित अत्तरियामा रहेको समता स्कुलको आयोजनामा आज अभिभावक भेला कार्यक्रम सम्पन्न भएको छ । समता स्कुल अत्तरिया प्रिन्सिपल रितु पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा समता फाउण्डेसनका निर्देशक दिपक संञ्जेल प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रममा बिशिष्ट अतिथी समता फाउण्डेसनका ब्यबस्थापक सुदर्शन पौडेल र समता फाउण्डेसनका प्रदेश ७ कलस्टर प्रमुख मेघराज खड्का रहनुभएको थियो । नेपालका ७७ ओटै जिल्लाका साथै सार्क राष्ट विभिन्न देशहरुमा पनि संञ्चालनमा रहेको समता स्कुलले मासिक एक सय रुपैया गुणस्तरिय शिक्षा प्रदान गर्दै आईरहेको कार्यक्रमका प्रमुख अतिथी समता फाउण्डेसनका निर्देशक दिपक संञ्जेलले बताए । 

 

उनले देशैभरका सम्पुर्ण जिल्लाहरुमा गरिवको रेखामुनी रहेका प्रत्यक बालबालिकालाई शिक्षामा सहज पहुच पुञ्याउने उध्ेश्यका साथ समाता स्कुलको स्थापना गरिएको बताए । सबैको साथ र सहयोगमा पाएमा समता स्कुलले आगामी दिनहरुमा महड्गो शुल्क तिरेर मात्रै पढ्न पाउने बिषयहरुलाई पनि एक सय रुपैया पढ्न पाउने गरी योजना अगाडी बढाइरहेको उनको भनाई छ । यो समता स्कुलको ठुलो संञ्जाल छ , ७ नं प्रदेशमा पनि हामीले यसलाई ब्यापक रुपमा अगाढी बढाएर लैजाने सोचमा छौ उनले भने –  जसमा हामीलाई सबै अभिभावक , समाजसेवी , बुद्धिजिवी , बिधार्थीहरु लगाएतको सहयोग चाहिन्छ ।

 


 

सुरु सुरुमा आफुहरुलाई सय रुपैयामा पनि के गुणस्तरीय पढाई होला भन्ने सोच भएपनि पछि आफ्ना नानीबावुलाई समता स्कुलमा भर्ना गर्दा रामो्र शिक्षा हासिल गरिरहेको कार्यक्रममा सहभागी अभिभावकहरुले बताएका छन् । समता स्कुलले पढाई संगसंगै आफ्ना बालबालिकाहरुको बौद्धिक क्षमताको विकासमा पनि बिभिन्न खाले अन्य क्रृयकलापहरु पनि अगाढी बढाउनुपर्ने अभिभावकहरुले सुझाव दिएका छन् । अत्तरिया समता स्कुल स्थापना भएको २ बर्ष मात्र भएको बताउदै प्रिन्सिपल रितु पाण्डेले सबैको साथ र सहयोगले आफु अघि बढ्ने बताइन् । आफ्ना बालबालिकाहरुलाई बिधालयमा मात्रै पठाएर हामो्र दायित्ब पुरा भयो भनेर नसोच्नुहोला उनले भनिन् – यसमा अभिभावकको पनि महत्वपुर्ण भुमिका हुन्छ , मेरो बावु के गर्छ , पढाई कस्तो छ , स्कुलमा होमवर्क दिन्छन् कि दिन्नन् । यो सबै अभिभावकले बुझेमा समता स्कुलले छोटो समयमा ठुलो फड्को मार्ने उनले बताइन् । कार्यक्रममा गोदावरी एफएमका प्रबन्ध निर्देशक गोविन्द रोश्यारा , महिला तथा बालबालिका सेभ हाउस अत्तरियाकि संञ्चालिका जानकि मलासी लगाएतले मन्तब्य राखेका थिए । कार्यक्रमको संञ्चालन गोदावरी एफ एमका समाचार प्रमुख हेमराज भट्टले गरेका थिए ।

 

प्रतिकृया दिनुहोस

कक्षा ११ को नतिजा सार्वजनिक

काठमाण्डौ ,असोज २० ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । अघिल्लो वर्षभन्दा झण्डै तीन महिना अघि बोर्डले कक्षा ११ को नतिजा

शिक्षक कर्मचारीको आन्दोलनले सिद्धनाथ विज्ञान क्याम्पस ठप्प

भिमदत्तनगर ,असोज १८ ।  कञ्चनपुरको सिद्धनाथ विज्ञान क्याम्पसका शिक्षक/कर्मचारीले क्याम्पसमा हड्ताल गरेका छन् । क्याम्पस प्रमुख विमला शाक्य लामो

सरकारले कर्मचारी व्यवस्थापन गर्न नसक्दा बैतडीका सबै स्थानीय तह शिक्षा शाखा प्रमुख बिहीन

बैतडी, असोज ०९ । सरकारले स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न नसक्दा बैतडीका सबै स्थानीय तह शिक्षा शाखा प्रमुखबिहीन रहेका छन् । देश सङ्घीय