पन्त हत्याका दोषी सबैलाई कार्बाही हुन्छ -नेकपा नेता लेखराज भट्ट

कन्चनपुर ,भाद्र १० । 
सत्तारुढ दलका नेकपाका नेताहरुले बलत्कार पछि हत्या गरिएकि कञ्चपुरकि १३ बर्षिय बालिका निर्मला पन्तका परिवारलाई भेटेका छन् । नेकपाका स्थायी समिती सदस्य लेखराज भट्ट , कञ्चनपुरका सांसद दिपक प्रकाश भट्ट , नर बाहादुर धामी , प्रदेश नं ७ का गृहमन्त्रि प्रकाश बाहादुर शाह , लगाएतको टोलीले  पन्तको घरमै पगेर उनका आमा बुवालाई भेटेका हुन् । भेटघाटका क्रममा मृतक पन्तका आमावुवाले सरकारले क्षतिपुर्ती दिनुभन्दा पनि आफ्नी छोरीका हत्यारालाई चाडो भन्दा चाडो पत्ता लगाई कडा कारबाहिका गर्न माग गरेका छन् । नेकपाका स्थायी समिती सदस्य लेखराज भट्टले सरकारका तर्फवाट निर्मला हत्याकाण्डको निष्पक्ष छानविन गर्न समिती नै गठन भएर अनुसन्धान गरीरहेकाले हत्यारालाई जसरी पनि पक्राउ गरी कारबाहि गरिने बताए  । "आफुले पनि यस बिषयलाई गम्भिरता पुर्वक लिएको छु ,प्रधानमन्त्री को सन्देश लिएर आएको छु " उनले भने  "अपराधि कुनै पनि हालतमा उम्कन पाउंदैन ढुक्क रहनुहोस" । पन्तका परिवारलाई न्यान दिलाएर छोडिने भेटघाट कार्यक्रममा सहभागी नेकपाका नेताहरुले बताएका छन् । साथै नेताहरुले प्रहरीको गोली लागेर मृत्यु भएका कञ्चनपुरको भीमदत्तनगरपालिका १८ का शनि खुनाको परिवारलाई पनि भेटेका छन् । त्यस्तै आन्दोलनको क्रममा घाइते भएका सबै परिवारका सदस्यलाई पनि भेटेका छन् । भेटपछि जिल्ला प्रशाशन कार्यालयमा  पत्रकार सम्मेलन आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा मा बोल्दै नेता भट्टले भने - यहाँको सबै बस्तु स्थिती बुझियो अपराधी चांडो भन्दा चांडो कार्बाहीको दायारामा आउँछ। प्रदेश सरकारका गृहमन्त्री प्रकाश शाहले घटना प्रती प्रदेश सरकार गम्भिर छ , प्रदेश सरकारको समन्वयमा केन्द्र सरकारले चानबिन समिती बनाएको छ ,सत्य तथ्यको नजिक छौं । प्रदेश सरकारले पीडित निर्मलाको परिवारलाई ५ लाख दिने घोषणा गरेको छ",उनले भने -"घाइते सबैको अपचार पनि गर्छौ अब बाताबरण सहज बनाउन सबैले लाग्न्नु पर्‍यो" ।           

प्रतिकृया दिनुहोस

निर्मला पन्तको हत्या प्रकरणबारे छानविन गर्न गठिन उच्च स्तरीय छानबीन टोली ले आफ्नो काम सकेर काठमाण्डौ फर्किदै

भिमदत्तनगर , भाद्र २२ ।  कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणबारे छानविन गर्न गठिन उच्च

अत्तरियाबाट झण्डै ६०० छाडा पशुचौपायाहरु पहाडतिर लगियो

  अत्तरिया ,भाद्र २२ । गोदावरी नगरपालिकाले छाडा पशु चौपायाको समस्या अत्तरियामा बिकराल बन्न थालेपछि आज झण्डै ६०० गाई गोरु पहाड तिर पठाएको छ । स्थानिय

निर्मला पन्तको हत्या घटनाको अनुसन्धान थप जटिल मोडमा,प्रमाण नष्ट पारिँदा जटिलता उत्पन्न

कन्चनपुर ,भाद्र २१।   कन्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धान थप जटिल मोडमा पुगेको छ । सहसचिव हरिप्रसाद मैनालीको