बिधालयको भबन भात्किदा पठपाठनमा समस्या

बैतडी ,भाद्र १३ । 
 केही दिनदेखि लगातारको वर्षाले मङ्गलबार सुर्नया गाउँपालिका–७ कठमडास्थित केदार माध्यमिक विद्यालयको आठ कोठे भवन भत्किएको छ । भवन भत्किँदा रु दुई करोड बढीको क्षति भएको विद्यालयले जनाएको छ । वर्षातले विद्यालय भवनको छत पूर्णरूपमा नष्ट भएको विद्यालयका प्रधानाध्यापक वीरेन्द्रबहादुर चन्दले बताए ।भवनको छत भत्किएपछि विद्यालयको पुस्तकालय पूर्णरूपमा नष्ट भएको छ भने कम्प्युटरमा समेत क्षति पुगेको छ । उनले भने, ‘विद्यालय भवन भत्किँदा रु दुई करोड बढीको क्षति भएको छ ।’कक्षा १२ सम्म पढाइ हुने सो विद्यालयको ८ कोठे भवन भत्किएपछि पठनपाठनमा अवरोध पुगेको हो । विद्यालयको भवन भत्किएपछि विद्यार्थीलाई चौरमा पढाउनुपर्ने बाध्यता आइलागेको विद्यालयका शिक्षक प्रेमबहादुर बोहराले बताए । उनले भने, ‘वर्षातको समय भएकाले चौरमा पढाउन समेत समस्या भएको छ ।’ विद्यालयले भवन पुनःनिर्माणका लागि सरोकारवालासँग आग्रह गरेको छ । उक्त विद्यालयमा ४२० बढी विद्यार्थी अध्ययनरत छन् ।
 

प्रतिकृया दिनुहोस

कक्षा ११ को नतिजा सार्वजनिक

काठमाण्डौ ,असोज २० ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । अघिल्लो वर्षभन्दा झण्डै तीन महिना अघि बोर्डले कक्षा ११ को नतिजा

शिक्षक कर्मचारीको आन्दोलनले सिद्धनाथ विज्ञान क्याम्पस ठप्प

भिमदत्तनगर ,असोज १८ ।  कञ्चनपुरको सिद्धनाथ विज्ञान क्याम्पसका शिक्षक/कर्मचारीले क्याम्पसमा हड्ताल गरेका छन् । क्याम्पस प्रमुख विमला शाक्य लामो

सरकारले कर्मचारी व्यवस्थापन गर्न नसक्दा बैतडीका सबै स्थानीय तह शिक्षा शाखा प्रमुख बिहीन

बैतडी, असोज ०९ । सरकारले स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न नसक्दा बैतडीका सबै स्थानीय तह शिक्षा शाखा प्रमुखबिहीन रहेका छन् । देश सङ्घीय