नेपाललाई यूएइले २५५ रनको चुनौती दियो

काठमाण्डौ ,भाद्र १४ । 
एसिया कप छनोटअन्तर्गतको  दोस्रो खेलमा नेपाललाई यूएइले २५५ रनको चुनौती दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको युएइले पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा २५४ रन बनाएको हो ।

मलेसियाको राजधानी क्वालालम्पुरमा भएको खेलमा युएइका चिराग सुरीले सर्वाधिक रन जोड्न सफल भए । उनले ९१ बलमा ६५ रनको योगदान गरेका हुन् । नेपालका स्पिनर सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिए । उनले १० ओभरमा २ मेडनसहित २४ रन दिए । त्यस्तै वसन्त रेग्मीले २, सोमपाल कामीले २ विकेट लिएका हुन् ।

पहिलो खेलमा बुधबार ओमानसँग पराजित नेपाललाई आजको दोस्रो खेल जित्नु आवश्यक छ । यूएइ र नेपाल दुवै अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता प्राप्त देश हुन् । पारस खड्काको कप्तानीमा रहेको नेपाली खेलाडीमा सुवास खकुरेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सागर पुन, आरिफ शेख, रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, वसन्त रेग्मी र सन्दीप लामिछाने छन् ।

प्रतिकृया दिनुहोस

साफ च्याम्पियनसिप फुटबलमा नेपालले खराब सुरुवात गरेको छ

साफ च्याम्पियनसिप फुटबलमा नेपालले खराब सुरुवात गरेको छ ।मंगलबार भएको पहिलो खेलमा नेपाल इन्जुरी टाइममा गोल खाँदै पाकिस्तानसँग २-१ गोल अन्तरले पराजित

एसिया कप छनोट - नेपाल हङकङसँग तीन विकेटले पराजित

काठमान्डौ , भदौ १९ । मलेसियामा जारी एसिया कप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग तीन विकेटले पराजित भएको छ ।

एसिया कप छनोट - सिंगापुरले नेपाललाई दियो १५२ रनको लक्ष्य

 काठमाडौं भदौ ,१७ । एसिया कप छनोट क्रिकेटमा सिंगापुरले नेपाललाई १५२ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । क्वालालम्पुरको