एसिया कप क्रिकेट छनोट प्रतियोगितामा नेपाल युएईसँग पराजित

काठमाण्डौ ,भाद्र १४ । 
एसिया कप क्रिकेट छनोट प्रतियोगिता अन्तरगत भएको आफ्नो दोस्रो खेलमा नेपाल युएईसँग ७८ रनले पराजित भएको छ । युएईले दिएको २५५ रनको लक्ष्य पछ्याउँदै जबाफी ब्याटिङ गरेको नेपाल १७६ रनमै समेटिएपछि  हार भोग्न बाध्य भएको हो । पहिलो खेलमा सिंगापुरलाई हराएर उत्साहित युएईले पुरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २५४ रन बनाएपछि पाएको २५५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली टोली सुरुमै लड्खडाएर हार भोग्न बाध्य भयो । दोस्रो हार आत्मसाथ गरेको नेपालका ओपनर ज्ञानेन्द्र मल्ल आज पनि चल्न सकेनन् । मल्लले  ४ बलमा ४ रन बनाएको अवस्थामा पेभेलियन फर्किएका थिए  । खेलमा  अर्का ओपनर सुवास खकुरेलले तेस्रो क्रमका पारस खड्कासँग तालमेल मिलाउँदै व्यक्तिगत अर्धशतक बनाए । उनी ९७ बलमा अर्धशतक पुरा गरेलगत्तै आउट भए । आज कप्तान पारस खड्का पनि जम्न सकेनन् । उनी २० बलमा १६ रन बनाएको अवस्थामा पेभेलियन फर्किए । त्यसपछि आएका सागर पुनले लय समात्ने कोशिश गरे पनि लामो समय टिकेनन् । अघिल्लो खेलमा अर्धसतक बनाएका सागरले २० बलमा ३ रन बनाएको अवस्थामा पेभेलियन जानुपर्‍यो । टस हारेर ब्याटिङमा आएको युएईका लागि चिराग सुरीले ९१ बलको सामना गर्दै ६५ रन बनाए । त्यसैगरी आसिफ अहमेदले ४१ बलमा ४५ रनको गतिलो स्कोर खेले । नटआउट रहेका अदन मुफ्तीले पनि ४६ बलमा ५७ रनको शानदार पारी खेले । 

प्रतिकृया दिनुहोस

नेपाल पुलिस क्लबलाई सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधि

धनगढी,माघ ५ ।   नेपाल पुलिस क्लबले तेस्रो नेपाल आइस अन्तर्रा्ष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधि जितेको छ । शनिबार धनगढी रंगशालामा भएको

नेपाल पुलिस क्लब सुदुरपश्चिम खप्तड गोल्डकपको फाईनलमा

धनगढी,माघ ३ ।  नेपाल पुलिस क्लब तेस्रो नेपाल आइस अन्तर्रा्ष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । निर्धा्रित समयमा खेल

रुस्लान थ्री स्टार क्लब सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा

धनगढी,माघ २ ।  रुस्लान थ्री स्टार क्लबले मेची नेत्रालय काक्करभीट्टा फुटबल ट्रेनिङ सेन्टरलाई २–० ले पराजित गर्दै तेस्रो नेपाल आइस अन्तराष्ट्रिय