पूर्व युबराज पारस सकृय- थाले राजनीतिक भेटवार्ता

काठमाण्डौ ,भाद्र १५ । 

लामो समय राजनीतिबाट टाढा रहेका पूर्वयुवराज पारस शाहले राजनीतिक भेटवार्ता थालेका छन् । बिहीबार उनले राप्रपा, राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादीका दोस्रो तथा तेस्रो तहका नेतासँग साढे चार घन्टा गोप्य छलफल गरेका छन् ।

तीनवटै पार्टीका नेतालाई नक्सालस्थित होटेल टंगाल उडमा बोलाएका पारसले छुट्टाछुट्टै तथा सामूहिक छलफल गरेका हुन् । त्यस क्रममा उनले तीनवटा पार्टीबीच एकता प्रक्रियामा भइरहेको ढिलाइबारे चासो व्यक्त गरेको सहभागी नेताहरूले जानकारी दिए ।


‘राप्रपाहरूको एकता हुने सुनेको थिएँ, अहिले के भइरहेको छ ?,’ छलफलको सुरुमै पारसले यस्तो जिज्ञासा राखेका थिए । त्यसपछि उनले राष्ट्रियता कमजोर बन्दै गएको तथा समाजमा महिला तथा बालबालिकामाथि हिंसा बढ्दै गएकाले राष्ट्रवादी शक्ति एक हुनुपर्ने विचार व्यक्त गरेका थिए ।

भेटवार्तामा को–को थिए सहभागी ?
भेटवार्तामा राप्रपा प्रजातान्त्रिकका राजेन्द्र गुरुङ, सुरेश आचार्य, रवीन्द्रप्रताप शाह, विराज विष्ट, सगुनसुन्दर लावती, पंकज प्रधान र श्याम थापा सहभागी थिए । एकीकृत राप्रपा राष्ट्रवादीबाट ऋषिबाबु परियार, डा. सुष्मा आचार्य र डा. केशव श्रेष्ठ तथा राप्रपाबाट सिर्जनारानी बर्मा, सुचित्रा घिमिरे, सहभागी थिए । राप्रपाका नेता जयन्त चन्द, भुवन पाठकलाई बोलाए पनि उनीहरू छलफलमा सहभागी नभएको पारसनिकट स्रोतले बतायो ।

पारसले भने– बलियो  राष्ट्रवादी शक्ति बनाऔँ
भेटवार्तामा पारसले राष्ट्रवादी शक्ति बलियो बनाउन आवश्यक रहेको भन्दै एकजुट हुन सबैलाई सुझाब दिएका थिए । ‘सबै युवा मिलेर राष्ट्रवादी शक्ति बलियो बनाउनुपर्छ । त्यसमा तपाईंहरूले विषेश ध्यान दिनुहोला,’ पारसले युवा नेतालाई यस्तो सुझाब दिएको सहभागी एक नेताले बताए ।

राप्रपा प्रजातान्त्रिकका नेता राजेन्द्र गुरुङले पूर्वयुवराज पारससँग उनकै निमन्त्रणमा पार्टी एकताबारे छलफल भएको बताए । ‘तीन टुक्रामा रहेका राप्रपालाई एक ठाउँमा ल्याउने प्रक्रिया कहाँ पुग्यो भनेर सोध्नुभयो,’ गुरुङले नयाँ पत्रिकासँग भने, ‘एकतामा बल हुन्छ, शक्ति हुन्छ । मिलेर अघि बढ्दा संगठन सशक्त र सुदृढ बनाउन सजिलो हुन्छ, यस विषयमा ध्यान दिएर अघि बढ्दा राम्रो हुन्छ भन्ने उहाँको सुझाब थियो ।’

युवा नेताले भने– नेतृत्वको  होडले एकता लम्बियो
चिया, कफी र जुस पिउँदै भएको वार्तामा पारसको प्रश्नको जवाफ दिँदै सहभागी नेताहरूले तीन राप्रपा एउटै बन्न सैद्धान्तिक समस्या नरहे पनि नेतृत्व कसले गर्ने भन्ने विषयले समस्या भइरहेको बताएका थिए ।

‘तीन राप्रपाबीच एकीकरण गर्न सिद्धान्तमा समस्या छैन, एकीकृत पार्टीको नेतृत्व कसले गर्ने भन्ने विषय नमिल्दा समस्या भइरहेको छ भन्ने जानकारी हामीले उहाँलाई गरायौँ,’ भेटमा सहभागी सगुनसुन्दर लावतीले नयाँ पत्रिकासँग भने ।

सामाजिक अभियान चलाउन पारसलाई सुझाब
पारसले आफू कसरी अघि बढ्दा ठीक हुन्छ भन्ने विषयमा समेत युवा नेताहरूसँग सुझाब मागेका थिए । नेताहरूले पारसलाई सामाजिक अभियान चलाउन सुझाब दिएका थिए । तर, पारसले कुनै प्रतिक्रिया नदिई टाउको हल्लाएर मौन समर्थन जनाए  । ‘धेरै त बोल्नुभएन, तर सबैका कुराहरू रुचि मानेर सुन्नुभयो । हामीले हाम्रा कुरा राख्यौँ,’ लावतीले भने ।

पूर्वराजा ज्ञानेन्द्रको लाइनमा पारस
विभिन्न टुक्रामा रहेका राप्रपाले गत निर्वाचनमा नराम्रो पराजय व्यहोरेपछि एकताको दबाब छ । तर, शीर्ष नेताहरूका व्यक्तिगत टकरावका कारण एकता प्रयासले पूर्णता पाउन सकेको छैन । यस्तोमा पारसले तीनवटै दलका युवा पुस्ताका नेतालाई बोलाएर गोप्य छलफल गरेका हुन् ।

त्यसो त पूर्वराजा ज्ञानेन्द्र शाहले ४ चैतमा झापामा तीनवटै राप्रपाका नेतालाई बोलाएर पार्टी एकीकरण निष्कर्षमा पु-याउन र बलियो राष्ट्रवादी शक्ति निर्माण गर्न सुझाब दिएका थिए । त्यसको ५ महिनापछि छोरा पारसले पनि एकताको प्रगतिबारे जिज्ञासा राखेका छन् । बिहीबारको छलफलपछि पारस चाँडै देश दौडाहामा निस्कने स्रोतले बताएको खबर आजको नयाँ पत्रीका दैनिकले छापेको छ । 

प्रतिकृया दिनुहोस

जनताले दिएको मत खेर जान दिने छैन - मन्त्री सुबेदी

अत्तरिया, कार्तिक २९ ।  नेकपा गोदावरी नगरकमिटिले नबनियुक्त सामाजिक बिकासमन्त्री कृष्णराज सुवेदीको बिहीवार एक कार्यक्रमका बिच  स्वागत गरेको छ ।

दिर्घ सोडारीलाई पदमुख्त गरेपछि नेकपा सुदुरपश्चिमको राजनीति गर्मागर्मी

धनगढी,कार्तिक २८ ।   सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री दिर्घ सोडारीलाई नेकपाले सरकारबाट फिर्ता बोलाएपछि यस क्षेत्रको नेकपाको राजनीतिमा

नयाँ केही कामको थालनी गर्छु - नब नियुक्त सामाजिक बिकासमन्त्री सुबेदी

अत्तरिया, कार्तिक २७।  सुदुरपश्चिमप्रदेशका नब नियुक्त सामाजिक बिकास मन्त्री कृष्णराज सुबेदीले मन्त्री बनेकोमा  खुशी ब्यक्त गर्दै कैलाली