प्रदेश ७ का जनतालाई असहज हुने गरी कर बढाइएको छैन - अर्थमन्त्री बोहोरा

अत्तरिया ,भाद्र १५ । 
प्रदेश सातका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोराले प्रदेश सातमा जनतालाई  असहज हुने गरी कर नलगाइएको बताएका छन्  । अत्तरियामा शुक्रबार  कर शिक्षा सम्बन्धी छलफल कार्यक्रमको उदघाटन गर्दै उनले  सो कुरा बताएका हुन् । गोदावरी चेम्बर अफ कमर्शले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री बोहोराले नगरिकलाई अपठ्यारो पर्ने गरी कुनै पनि क्षेत्रमा कर नबढाएको जिकिर गरे ।उनले  प्रदेश सातका ८८ वटा स्थानिय तहले लगाएका अनाबश्यक करको बारेमा पनि प्रदेश सरकारले स्थानिय सरकार सँग छलफल गरीरहेको बताए । कार्यक्रममा बोल्दै कैलाली चेम्बर अफ कमर्शका अध्यक्ष मोहनराज शर्माले ब्यबसायीहरु कर तिर्न तयार रहेको भएपनी करको निती ब्यबसायी मैत्री हुनुपर्ने बताए । सोही कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका प्रमुख प्रशाशकिय अधिक्रित खेमराज बिष्टले आफु गोदावरी नगरपालिकामा आएको केही दिन मात्रै भएकोले नगरपालिकाले लगाएको करको बिषयमा अध्यन गरेर मात्रै बोले  बताए। उनले  यस नगरपालिका भित्र रहेको छाडा पशु चौपायाको समस्यालाई सामाधान गर्न नयाँ योजना ल्याउने बताए  । कार्यक्रममा बोल्दै  अत्तरिया उधोग बाणिज्य संघका बरिष्ट उपाध्यक्ष दुर्गा पर्साइ ,बैधनाथ बाहिनीका बाहिनीपती नगेन्द्र थापा , क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख केदार रजौरे लगाएतले ब्यबसायीहरुलाई करदाता शीक्षा अाबश्यक रहेको बताए  । यसै बिच गोदावरी चेम्बर अफ कमर्श र कैलाली चेम्बर अफ कमर्शले  सात नम्बर प्रदेशका अर्थ मन्त्रीलाई बैंकहरुले यस क्षेत्रमा ब्याजदर नघटाएको प्रती ध्यानाकर्षण समेत गराएका छन् । आज मन्त्रीलाई ग्यापन पत्र बुझाउंदै यस्तो आग्रह गरेका हुन् । गोदावरी चेम्बर अफ कमर्शका अध्यक्ष बिनोद मल्लको सभापतित्वमा सम्पन्न कार्यक्रममा यस क्षेत्रका झण्डै १०० भन्दा बढी ब्यबसायीहरुको सहभागीता रहेको थियो । 

प्रतिकृया दिनुहोस

आर्थिक समृद्धि र शुखी नेपालीको नारा पुरा गर्न लगानी बढाउनु पर्नेमा पूर्वमन्त्री भट्टको जोड

अत्तरिया, कार्तिक २८ ।  पूर्वमन्त्री लेखराज भट्टले अत्तरिया प्रदेशको केन्द्र भएकाले ब्यबसायीहरुलाई लगानी बढाउन आग्रह गर्नु भएको छ । आज अत्तरियामा

अत्तरियामा यमाहा मोटरबाईकको शो-रुम सन्चालनमा

    अत्तरिया,कार्तिक २८ ।  अत्तरियामा यमाहा मोटरबाईकले आफ्नो शो-रुमको सेवा आरम्भ गरेको छ । अत्याधुनिक शो रुमको आज एक कार्यक्रमका बिच

दुई महिनाको कर संकलनबाट सुदुरपश्चिम प्रदेश सरकार उत्साही

धनगढी ,असोज २१।  सुदूरपश्चिम प्रदेशमा सरकारले चालु आ .ब को दुई महिनामा झण्डै १० करोड राजस्व / कर संकलन गरेको जनाएको छ । सुदूरपश्चिम प्रदेशका आर्थिक