एसिया कप छनोट - सिंगापुरले नेपाललाई दियो १५२ रनको लक्ष्य

 काठमाडौं भदौ ,१७ ।

एसिया कप छनोट क्रिकेटमा सिंगापुरले नेपाललाई १५२ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । क्वालालम्पुरको यूकेए ओभलमा टस जितेर ब्याटिङ थालेको सिंगापुरले ४२ ओभरमा सबै विकेट गुमाएर १५१ रन बनायो । उसका लागि चेतन रामचन्द्र सूर्यवंशीले ६० रन बनाए ।

 

निकै खराब सुरुवात गरेको सिंगापुरले १८ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो । तर, सूर्यवंशीले चौथो विकेटका लागि अनिश परमसँग ८० रनको साझेदारी गर्दै पारी सम्हाले । अनिश ३१ रनमा आउट भए । त्यसपछि नेपाली बदरहरु हाबी भए । नेपालका लागि सन्दीप लामिछाने र ललितनारायण राजवंशीले समान ३(३ विकेट लिए भने सोमपाल कामीले २ विकेट हात पारे ।

प्रतिकृया दिनुहोस

साफ च्याम्पियनसिप फुटबलमा नेपालले खराब सुरुवात गरेको छ

साफ च्याम्पियनसिप फुटबलमा नेपालले खराब सुरुवात गरेको छ ।मंगलबार भएको पहिलो खेलमा नेपाल इन्जुरी टाइममा गोल खाँदै पाकिस्तानसँग २-१ गोल अन्तरले पराजित

एसिया कप छनोट - नेपाल हङकङसँग तीन विकेटले पराजित

काठमान्डौ , भदौ १९ । मलेसियामा जारी एसिया कप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग तीन विकेटले पराजित भएको छ ।

एसिया कप छनोट खेलमा नेपालद्वारा मलेसिया पराजित

काठमाण्डौ , भाद्र १६ ।  एसिया कप छनोट अन्तर्गतको आफ्नो  तेस्रो खेलमा नेपालले आयोजक राष्ट्र मलेसियालाई १९ रनले पराजित गरेको छ । वर्षाका कारण ३०/३०