ब्यक्तीगत इगो मा अल्झिएको कैलाली उधोग बाणिज्य संघको निर्बाचन

धनगढी,भाद्र १७। 

नक्कली सदस्यताको बिबादको विषयलाई लिएर देश कै चर्चित उधोग बाणिज्य संघ " कैलाली उधोग बाणिज्य संघ" को नयाँ निर्बाचन अन्यौल बनेको छ ।  निर्वाचन अन्यौल भएपछि कैलाली उद्योग वाणिज्य संघले स्थानिय ब्यबसायीहरुको राय सुझाब लिएको छ । संघले चुनावको बारेमा अन्यौलताका बारेमा जानकारी दिन  भेलाको  आयोजना गरेको हो । गत वैशाख २२ गतेका लागि तोकिएको कैलाली उद्योग वाणिज्य सघको चुनावको प्रचार प्रसारदेखि उम्मेद्वारले उम्मेद्वारी समेत दर्ता गरेपछि उच्च अदालत दिपायलले नक्कली सदस्यहरूको विवादमा परेको मुद्धामा फैसला गर्दै वैशाख २० गते निर्वाचन स्थगित गर्न आदेश दिएको थियो ।

 त्यसपछि असार १७ गते सम्बन्धित सवैको सल्लाहमा चुनाव गराउन फैसला गरेपनि पूर्णपाठ नआउदा चुनावबारे कुनै प्रक्रिया सुरु भएको थिएन । त्यसको केही दिनपछि उच्च अदालतको पूर्ण पाठ आएपछि भदौ ५ गते चुनावबारे सुझाव सकल गर्न समिति गठन गरिएको थियो । राय सुझाव गरी प्रतिवेदन पेश गर्नका लागि गठन गरिएको समितिका एक सदस्य जयराज न्यौपानेले छुट्टै प्रतिवेदन पेश गरेपछि चुनावमा थप अन्यौलता थपिएको हो । संघका अध्यक्ष शंकर बोगटीले व्यक्तिगत स्वार्थपूर्तिका लागि चुनाव रोक्न नहुने बताए । "जे जती पछिल्ला दिनहरुमा मिडियामा खबर आएका छन त्यसमा कुनै  सत्यता छैन", उनले भने - "पूर्व केही अध्यक्षहरुले बर्तमान कार्यसमिती असफल भएको देखाउन अनेक बखेडा झिकेका छन्"। उनले ब्यबसायीहरुबाट सकारात्मक सुझाबहरु आएको बताए । सुझाब  समितिले भने भ्याट र प्यानमा दर्ता भएका व्यवसायीलाई मताधिकार दिईनुपर्ने र यसअघि साधारण सभाबाट सुधार गर्नुपर्ने प्रतिबेदन बुझाएको थियो । 
नक्कली सदस्यता छानबिन हुनुपर्ने माग गर्दै अदालत पुगेका ब्यबसायी रबिन पन्तले धेरै कुरो मिलेको भए पनि समस्यालाई जबर्जस्ती बल्झाउन खोजेको बताए । उनले अबको निकास दिने भन्दापनी यसलाई झनै समस्याको रुपमा देखाउन केही ब्यक्ती लागेकोले आफुलाई पनि के भएको हो भन्ने बुझ्न् गार्हो हुन थालेको तर्क गरे । समाधान समितीका अर्का  सदस्य  जयराज न्यौपाने भेलाको बारेमा आफुलाई कुनै जानकारी नभएको बताए  । उनले  धेरै कुरोमा  सहमती भएको प्रतिबेदन बुझाईसकेकोले  भेला गरिनुको कुनै औचित्य नरहेको बताए। बिगत केही बर्ष यता संघमा दुई दुई प्यानल खडा गरेर निर्बाचन हुँदै आएको छ । संघका पूर्व अध्यक्ष गोपाल हमालले समर्थन गरेको प्यानलले दुईवटा निर्बाचन हारेपछि संघको नयाँ  नेत्रत्वको लागी अहिले समिकरण फेरीएको छ । बिगतमा हमाल सँग अलग रहेका संघका पूर्व अध्यक्ष दिनेश राज भण्डारी पनि अहिले  हमाल सँगै रहेका छन् । हमाल र भण्डारीको नेत्रित्वमा रहंदा संघले यस क्षेत्रको बिकासको लागी उल्लेखे काम गरेको थियो । तर  संघको पछिल्लो नेत्रिवले खासै काम गर्न नसकेको उनिहरुको आरोप रहेको छ  । 
अब आउने  उधोग बाणिज्य संघको नयाँ नेत्रीत्वलाई आफ्नो कब्जामा कुनै न कुनै रुपमा राख्नको लागी बिगतका केही अध्यक्षहरुले पर्दा पछाडिबाट खेल खेलिरहेको कारण समस्या झन बल्झिदै गएको बर्तमान समितीका पदाधिकारीहरुको बुझाई रहेको छ  ।कैलाली उधोग बाणिज्य संघको बर्तमान कार्य समितीको म्याद यही भाद्र २२  गते सकिंदै छ । बिबाद समाधानको जिम्मेवारी  पाएको जिल्ला प्रशाषन कार्यालयले अब यही समितीबाट निर्बाचन गराउने कि नयाँ तदर्थ कमिटी बनाएर निर्बाचन गराउने भन्ने बिषयले नै यसको समाधान दिन सक्ने ब्यबसायीहरुको बुझाई  रहेको छ ।

प्रतिकृया दिनुहोस

आर्थिक समृद्धि र शुखी नेपालीको नारा पुरा गर्न लगानी बढाउनु पर्नेमा पूर्वमन्त्री भट्टको जोड

अत्तरिया, कार्तिक २८ ।  पूर्वमन्त्री लेखराज भट्टले अत्तरिया प्रदेशको केन्द्र भएकाले ब्यबसायीहरुलाई लगानी बढाउन आग्रह गर्नु भएको छ । आज अत्तरियामा

अत्तरियामा यमाहा मोटरबाईकको शो-रुम सन्चालनमा

    अत्तरिया,कार्तिक २८ ।  अत्तरियामा यमाहा मोटरबाईकले आफ्नो शो-रुमको सेवा आरम्भ गरेको छ । अत्याधुनिक शो रुमको आज एक कार्यक्रमका बिच

दुई महिनाको कर संकलनबाट सुदुरपश्चिम प्रदेश सरकार उत्साही

धनगढी ,असोज २१।  सुदूरपश्चिम प्रदेशमा सरकारले चालु आ .ब को दुई महिनामा झण्डै १० करोड राजस्व / कर संकलन गरेको जनाएको छ । सुदूरपश्चिम प्रदेशका आर्थिक