कैलालीमा एक बालिका आफ्नै साथीका बुवाबाट बलात्कृत

फोटो फाइल

शुख्खड ,भाद्र १७ । 
कञ्चनपुरमा भएका बल्तकारका घटना सेलाउन नपाउंदै  कैलालीमा एक पुरुषले आफ्नै छोरीकी साथीमाथि बलात्कार गरी फरार भएका छन् । जिल्लाको  घोडाघोडी नगरपालिका ६ की १४ वर्षिय एक  बालिका आफ्नै सहपाठीका बुवाबाट बलात्कृत भएको प्रहरीले जनाएको छ। कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले  बलात्कार आरोप लागेका स्थानिय  ३३ वर्षका हर्कबहादुर कुँवर फरार रहेको जानकारी दिए । भदौ १३ गते राति घरमा कोही नभएको बेला कुँवरले बालिकाकै चुन्नीले मुख र हात बाँधेर बलात्कार गरेको प्रहरीले जनाएको छ। आरोपी कुँवरकी छोरी र बलात्कृत बालिका स्थानीय स्कुलमा कक्षा ७ मा अध्ययनरत छन्।भदौ १३ गते रातीको घटनाबारे इलाका प्रहरी कार्यालय सुखडमा शुक्रबार मात्रै उजुरी आएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए । उनले उजुरी आए लगत्तै कुँवरलाई पक्राउ गर्न प्रहरी गए पनि  फरार भएको बताए ।कुँवरमाथि प्रहरीले जबरजस्ती करणीको मुद्धा दर्ता गरी खोजीकार्य जारी राखेको छ। 

प्रतिकृया दिनुहोस

घाईते गाई को घाऊमा हराएको हिन्दूत्व (भिडियो )

अत्तरिया , भाद्र २२ ।  छाडा पशु चौपायाका कारण  स्थानिय त  हैरान बनेका छन नै  भने स्वयम गाईगोरुहरु पनि दिनहुँ चोटपटक लागेर मर्न थालेका छन् ।

पन्त हत्या प्रकरणमा प्रहरीको शुरुआती अनुसन्धान प्रक्रियामामै त्रुटि -राष्ट्रिय मानवअधिकार आयोग

भिमदत्तनगर ,भाद्र २२ ।  राष्ट्रिय मानवअधिकार आयोगले ले  को निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको शुरुआती अनुसन्धान प्रक्रियामा शुरुवात मै

संजिबनी खेर जान थालेको भन्दै स्थानीयवासी अन्योलमा

कञ्चनपुर , भदौ २१ । डिजेल उत्पादन गर्न प्रयोग गरिँदै आएको सजिवन वनमा खेर जान थालेको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ श्रीकृष्ण र वसन्त