उपचार छोडेर चिकित्सकहरुले स्वास्थ्य संस्थाहरु ठप्प पारे

धनगढी ,भाद्र १७ । 
नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका स्वास्थ्य संस्थाको आकस्मिक बाहेकको सेवा समेत ठप्प पारिएको छ।डाक्टर तथा स्वास्थ्यकर्मीहरुले आज देशभर स्वास्थ्य सेवा ठप्प पारेर प्रदर्शन गरेका हुन् ।मुलुकी अपराध (संहिता)मा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग सम्बन्धित व्यवस्था खारेजीको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन्।आज नै  चिकित्सक संघले ५ हजारभन्दा बढी चिकित्सकहरुको लाइसेन्स सरकारलाई बुझाउने बताएको छ। संहिताको खारेजीको माग गर्दै देशभरका जिल्ला प्रशासन कार्यालय अगाडिसमेत चिकित्सकहरु प्रदर्शन गरेका  छन्  ।यस्तै मुलुकको अन्य क्षेत्रमा जस्तै प्रदेश नं. ७ का स्वास्थ्य संस्थामा पनि बहिरंग सेवा (ओपीडी) ठप्प पारिएको छ । सेवा  ठप्प भएपछि सेती अञ्चल अस्पतालसहितका अस्पतालमा उपचारका लागि पुगेका बिरामी समस्यामा परेका छन् ।नेपाल चिकित्सक संघ प्रदेश–७ सचिव प्रदीप मिश्रले केन्द्रीय कार्यक्रम अनुसार ठप्प पारिएको जानकारी दिए।
 

प्रतिकृया दिनुहोस

डडेल्धुरा अमरगढीका मेयर ओझाले गरे मेयर कोषको स्थापना

डडेल्धुरा ,कार्तिक १३।  अमरगढी नगरपालीकाका नगरप्रमुख विशेश्वर प्रसाद ओझाले मेयर कोषको स्थापनन गर्ने घोषण गर्नु भएको छ ।  नगरप्रमुख ओझाले सरकारी

टीकापुर अस्पतालमा नगरवासीलाई नि:शुल्क रक्त सेवा दिन शुरु

टिकापुर,कार्तिक ८ ।  टीकापुर नगरपालिकाले बिहीवार (आज) देखी  टीकापुर अस्पतालमा उपचार गर्ने नगरवासीलाई निशुल्क रक्त सेवा दिने भएको छ ।नेपाल रेडक्रस