शान्ति सुरक्षाको विषयमा अहिलेको सरकार निकम्मा - देउबा

काठमाण्डौ ,भाद्र १८ । 
नेपाली कांग्रेसका सभापति शेरबहादर देउवाले हालै जारी गरिएको नयाँ मुलुकी ऐन जनचाहना अनुसार संशोधन हुनुपर्ने बताएका छन् । उनले आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् ।  सभापति देउवाले चिकित्सकमात्रै नभइ अन्य समाजका  सबै  पक्षको पनि ऐनको विपक्षमा आवाज उठिरहेको बताए ।  समय सापेक्ष संशोधनका लागि आफूले पनि भूमिका खेल्ने उनको भनाई छ  । चिकित्सकहरुले गरेको आन्दोलन जायज भएको भन्दै उनले सरकारले यसतर्फ पनि ध्यान दिनुपर्ने बताए ।साथै सभापति देउवाले शान्ति सुरक्षाको विषयमा अहिलेको सरकार निकम्मा भएको बताए । कंचरपुरकी निर्मला पन्तको बलात्कार पछिको हत्या घटनालाई उदृत गर्दै सभापति देउवाले भने,‘नेपाली समाज सुरक्षित छैन ।’ महिलामाथि बढ्दो हिंसा भएपनि सरकार चुप लागेर बसेको उनको आरोप छ ।

प्रतिकृया दिनुहोस

संघियता खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाद्वारा जानकी गाउँपालिका घेराउ

अत्तरिया ,भाद्र २० ।  राष्ट्रिय जनमोर्चा कैलालीको आयोजना मा आज कैलालीको जानकी गाउँ पालिका मा संघीयता का कारण अनावश्यक कर वृद्धि का बिरुद्ध प्रदर्शन

पूर्व युबराज पारस सकृय- थाले राजनीतिक भेटवार्ता

काठमाण्डौ ,भाद्र १५ ।  लामो समय राजनीतिबाट टाढा रहेका पूर्वयुवराज पारस शाहले राजनीतिक भेटवार्ता थालेका छन् । बिहीबार उनले राप्रपा, राप्रपा

प्रदेश सातमा विषयगत समितिहरु अझै नेतृत्व विहीन

धनगढी , भदौ ०४ । प्रदेश ७ का विषयगत समितिहरु अझै नेतृत्व विहीन अवस्थामा रहेका छन । प्रदेश सरकार गठन भएको ७ महिना बितिसक्दा पनि विषयगत समितिहरु अझै