अत्तरियामा बिकराल बन्दै पशुचौपायाको समस्या
अत्तरिया , भाद्र १९ ।
अत्तरियामा छाडा पशु चौपायाको समस्या बिकराल बन्दै गएको छ । पछिल्ला केही दिन यता अत्तरियामा अत्याधिक पशु चौपाया देखिन थालेका छन् । साँझको समयमा बिषेशगरी पशुहरुले सडक नै कब्जा गर्न थालेका छन् । पशु चौपाया सडकमा आउन थालेपछि साँझको बेला सवारी आगमनमा पनि समस्या हुन थालेको छ । केही महिना अघी सम्म अली कम नै देखीएका पशु चौपाया आजभोली बढी नै देखिन थालेको स्थानियको भनाई छ् । अत्तरिया प्रदेश सातको केन्द्र भएकोले पनि सबै ठाउँहरुका छाडा पशु चौपाया अत्तरियामा केन्द्रित हुने गरेका छन् । अत्तरिया चोकको चारै दिशातर्फ पशु चौपाया सडक मै हुन्छन् । जसका कारण स्थानियलाई साँझको बेला हिँडडुल गर्न र सवारी चलाउन हम्मे हम्मे हुने गरेको छ । अत्तरियाका स्थानिय ब्यबसायी धिरेन बोगटीले अहिले अत्तरियामा छाडा पशु चौपाया अली बढी नै देखिन थालेको बताए । उनले भने - पहिले सबै तिर छरिएर बस्ने पशु चौपाया अहिले चोकमा केन्द्रित हुन थालेका छन् । गोदावरी नगरपालिकाले पशु चौपायाको ब्यबस्थापनको प्रयास गरेको भए पनि खासै सार्थक हुन सकेको छैन ।एउटा नगरपालिकाले मात्रै योजना बनाएर यो समस्याको सामाधान हुन नसक्ने स्थानियको बुझाई छ् । गोदावरी नगरपालिकामा नयाँ प्रशासकिय प्रमुख भएर आएका खेमराज बिष्टले पनि अब यो समस्यालाई अली योजनाबद्ध बनाएर समाधान गर्नु पर्ने बताए । उनले अत्तरियामा अयोजित एक कार्यक्रममा बोल्दै भने - चुरेको फेदीमा कर्णाली देखी माहाकाली सम्मको रेन्जमा गाई पालनको लागी बिषेश जोन नै बनाएर प्रदेश सरकार र स्थानिय सरकारले संयुक्त कार्ययोजना बनाउनु पर्दछ । नगरपालिकाले गाईगोरुको ब्यबस्थापनको लागी झण्डै ३५ लाख गत आर्थिक बर्षमा खर्च गरिसकेको छ । तर स्थानियको अपेक्षा अनुसारको ब्यबथापन हुन सकेको छैन । गोदावरी नगरपालिकाका लेखा प्रमुख राम चन्द्र जोशीले स्थानिय वडाहरुमा नै पशु चौपाया ब्यबस्थापन को प्रयास गर्ने देखी कान्जी हाउस बनाउने सम्मको काम भएको बताए । नगरपालिकाको वडा नम्बर ९ बल्मीमा झण्डै २२ लाखमा नगरपालिकाले कान्जी हाउस बनाएको भएपनि खासै प्राभाबकारी बन्न सकेको छैन ।
निर्मला पन्तको हत्या प्रकरणबारे छानविन गर्न गठिन उच्च स्तरीय छानबीन टोली ले आफ्नो काम सकेर काठमाण्डौ फर्किदै
भिमदत्तनगर , भाद्र २२ । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणबारे छानविन गर्न गठिन उच्च
अत्तरियाबाट झण्डै ६०० छाडा पशुचौपायाहरु पहाडतिर लगियो
अत्तरिया ,भाद्र २२ । गोदावरी नगरपालिकाले छाडा पशु चौपायाको समस्या अत्तरियामा बिकराल बन्न थालेपछि आज झण्डै ६०० गाई गोरु पहाड तिर पठाएको छ । स्थानिय
निर्मला पन्तको हत्या घटनाको अनुसन्धान थप जटिल मोडमा,प्रमाण नष्ट पारिँदा जटिलता उत्पन्न
कन्चनपुर ,भाद्र २१। कन्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धान थप जटिल मोडमा पुगेको छ । सहसचिव हरिप्रसाद मैनालीको

प्रतिकृया दिनुहोस