एसिया कप छनोट - नेपाल हङकङसँग तीन विकेटले पराजित

काठमान्डौ , भदौ १९ ।

मलेसियामा जारी एसिया कप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग तीन विकेटले पराजित भएको छ । राजधानी क्वालालम्पुर स्थित वाङ्गी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले हङकङ सामु ९६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रेको हङकङले ३२ दशमलव तीन ओभरमा सात विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो ।

 

यस हारसँगै एशिया कप क्रिकेट खेल्ने नेपालको सपना चक्नाचुर भएको छ । छनोट प्रतियोगितामा खराब प्रदर्शन गरेको नेपाल शुरुवाती दुई खेलमा ओमन र युएइसँग पराजित भएको थियो । हङकङको जितमा कप्तान अंशुमन राथले अर्धशतकीय पारी खेले । उनले ८२ बल खेल्दै एक छक्का र तीन चौकाको मद्दतमा ५२ रनको योगफल बनाए । त्यस्तै हङकङका अर्का खेलाडी किन्चित शाहले ११ रन जोडे । बलिङतर्फ नेपालका सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिए भने सागर पुन र वसन्त रेग्मीले १÷१ विकेट झारे । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ३७ दशमभलव ५ ओभरमा सबै विकेट गुमाउँदै ९५ रन मात्र बनाउन सक्यो ।

 

नेपालका आरिफ शेषले १८, अनिलकुमार साहले १५, वसन्त रेग्मीले १५, कप्तान पारस खड्काले १४ तथा उपकप्तान ज्ञानेन्द्र मल्लले १२ रन जोड्नुबाहेक अन्य नेपाली खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । सागर पुन सात तथा दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने दुई÷दुई रन बनाएर आउट भएका थिए भने शुरुवाती ब्याट्सम्यान सुबास खकुरेल र सोमपाल कामीले खातासमेत खोल्न सकेनन् । हङकङका इहशान खानले चार तथा तनवीर अफजल र मोहमद खानले समान दुई÷दुई विकेट लिएका थिए । (रासस)

 

प्रतिकृया दिनुहोस

एल पि एल - सिद्धार्थ र लिटिल फ्लावर सेमीफाईनलमा

धनगढी , मंसिर ०२ धनगढीमा जारी तेस्रो निस्ट लिटिल फ्लावर प्रिमियर लिगमा सिद्धार्थ शिशु सदन र लिटल फ्लावर बोर्डीङ स्कुल विजयी भएका छन्। आजको पहिलो

भोलीदेखि जेटी कप क्रिकेट प्रतियोगिता सुरु हुदै, खेलको सबै तयारी पूरा

गोविन्द बीसी , बौनिया , कार्तिक,३० चौथो संस्करण अन्तर्गतको जेटी कप क्रिकेट प्रतियोगिता भोली ृशनिबारे देखि सुरु हुने भएको छ ।  कैलालीको बर्दगोरिया

धनगढी प्रिमियर लिग - तेस्रो संस्करण माघ १९ गतेदेखि फागुन ४ गतेसम्म हुने

काठमाडौं , कात्तिक ३० । रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) टी २० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण आगामी माघ १९ गतेदेखि फागुन ४ गतेसम्म धनगढीमा