अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा घिमिरे नियुक्त
काठमाण्डौ ,भाद्र २० ।
संवैधानिक परिषदको बैठकले नविन घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको छ ।
बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकले घिमिरेलाई बरिष्ठताका आधारमा प्रमुख आयुक्त सिफारिस गरेको हो । परिषदले सिफारिस गरेको नामलाई संसदीय सुनुवाई समितिले सुनुवाई गरी अनुमोदन गर्ने व्यवस्था छ।
नविन घिमिरेले कायममुकायम प्रमुख आयुक्तको रुपमा जिम्मेवारी सम्हाल्दै आएका थिए । घिमिरे २०७१ सालमा अख्तियारको आयुक्तमा नियुक्त भएका थिए ।
घरदैलोमा पुगेर सेवा दिन कर्मचारीहरुलाई प्रधानमन्त्रीको निर्देशन
काठमाण्डौ ,भाद्र २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले १ नागरिकको घरदैलोमा पुगेर सेवा दिन कर्मचारीहरुलाई निर्देशन दिएका छन् । १५औँ निजामती सेवा
सातै प्रदेशका मुख्यमन्त्रीहरुको प्रथम भेला पोखरामा सुरु
पोखरा ,भाद्र २१। सात वटै प्रदेशका मुख्यमन्त्रीहरुको प्रथम भेला पोखरामा सुरु भएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को आयोजनामा
पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढ्यो
काठमाण्डौ ,भाद्र २१ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढाएको छ । आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा

प्रतिकृया दिनुहोस