तीन वर्षको अबधिमा बैतडीको झुलाघाटबाट दुई सय १८ महिला तथा बालबालिकाको उद्धार

बैतडी , भदौ २१ ।
पछिल्लो तीन वर्षको अबधिमा बैतडीको नेपाल–भारत सिमानाका झुलाघाटबाट दुई सय १८ महिला तथा बालबालिकाको उद्धार गरिएको छ । विभिन्न बहानामा भारत लैजाँदै गरेको अवस्थामा महिला तथा बालबालिकाको उद्धार गरिएको सीमा प्रहरी चौकी झुलाघाटका इन्चार्ज, प्रहरी नायब निरीक्षक उमेशकुमार पालले जानकारी दिए । आर्थिक वर्ष २०७२–७३ मा २३ महिला तथा २७ बालबालिकासहित ६० जनाको उद्धार गरिएको थियो ।

 

आव २०७३–७४ मा २४ महिला र ४० बालबालिसहित ७३ जनाको उद्धार गरिएको थियो । आव २०७४–७५ मा ७० बालबालिका तथा १७ महिलासहित ८७ जनाको उद्धार गरिएको पालले बताए । आर्थिक अवस्था कमजोर भएका कारण बालबालिका विद्यालय छोडेर रोजगारीका लागि भारत जाने गरेका छन् । पढाइ खर्चको जोहो गर्न बिदाको समयमा भारत जाने विद्यार्थीको सङ्ख्या अत्यधिक रहेको छ । चैत र वैशाखमा बढीजसो मजदुरी गर्न भारत जाने गरेका उनले बताए । उद्धार गरिनेमा १२ वर्षदेखि १८ वर्षमुनिका बालबालिका र किशोरकिशारी रहेका छन् । अधिकांश विद्यालय उमेर समूहका बालबालिका साथीको लहलहैमा घरबाट भागेर भारत जाने गरेको पाइएको छ ।

 

आर्थिक अवस्था कमजोर भएका बालबालिका बिदाको समयमा खर्च जुटाउन भारत जाने गरेको प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरी बताउँछन् । उद्घार गरिएका बालबालिका तथा किशोरकिशोरीलाई सम्झाइ बुझाइ जिल्ला प्रहरी कार्यालयले उनीहरुको अभिभावकको जिम्मा लगाउने गरेको छ । सिमानाका झुलाघाटबाट उद्घार गरिनेमा बैतडी बाहेक डडेल्धुरा, बझाङ, बाजुरा, अछाम, डोटी, कालिकोट, हुम्ला, मुगुलगायत जिल्लाका बालबालिका र किशोरकिशोरी रहेका छन् । रासस

 

प्रतिकृया दिनुहोस

घाईते गाई को घाऊमा हराएको हिन्दूत्व (भिडियो )

अत्तरिया , भाद्र २२ ।  छाडा पशु चौपायाका कारण  स्थानिय त  हैरान बनेका छन नै  भने स्वयम गाईगोरुहरु पनि दिनहुँ चोटपटक लागेर मर्न थालेका छन् ।

पन्त हत्या प्रकरणमा प्रहरीको शुरुआती अनुसन्धान प्रक्रियामामै त्रुटि -राष्ट्रिय मानवअधिकार आयोग

भिमदत्तनगर ,भाद्र २२ ।  राष्ट्रिय मानवअधिकार आयोगले ले  को निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको शुरुआती अनुसन्धान प्रक्रियामा शुरुवात मै

संजिबनी खेर जान थालेको भन्दै स्थानीयवासी अन्योलमा

कञ्चनपुर , भदौ २१ । डिजेल उत्पादन गर्न प्रयोग गरिँदै आएको सजिवन वनमा खेर जान थालेको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ श्रीकृष्ण र वसन्त