संजिबनी खेर जान थालेको भन्दै स्थानीयवासी अन्योलमा
कञ्चनपुर , भदौ २१ ।
डिजेल उत्पादन गर्न प्रयोग गरिँदै आएको सजिवन वनमा खेर जान थालेको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ श्रीकृष्ण र वसन्त सामुदायिक वनमा रोपिएको सजिवन प्रशोधनबारे जानकारी नहँुदा खेर जान थालेको हो । सजिवन फल डिजेल उत्पादनका लागि ‘क्रिष्टल वायो इनर्जी नेपाल’ कम्पनीसँगको साझेदारीमा सात वर्षअघि ती सामुदायिक वनमा रोपिएको हो । सजिवन उपयोगमा आउन नसक्दा वनमै खेर गएको वसन्त सामुदायिक वनका पूर्वअध्यक्ष टेकबहादुर भण्डारीले बताए ।
सजिवन फल प्रशोधन गरी उत्पादन हुने डिजेल बिक्री गरेर २५ प्रतिशत आम्दानी कम्पनीले र बाँकी ७५ प्रतिशत सामुदायिक वनले लिने सम्झौता भएको थियो । कम्पनीकै सल्लाहमा वनमा सजिवन रोपियो तर कम्पनीका कर्मचारी सम्पर्क्बिहीन भएपछि उत्पादित सजिवन वनमै कुहिएको उनले बताए । उत्पादन भएको सजिवन कतिबेला टिप्ने, पाकेको दानालाई कुन ठाउँमा लगेर बेच्ने तथा प्रशोधन गर्नेबारे जानकारी नहँुदा स्थानीयवासी अन्योलमा छन् । ती दुवै सामुदायिक वनमा ६ हजार सजिवनका विरुवा रोपिएका छन् । नर्सरीमा उत्पादित विरुवा वनमा रोपेपछि कम्पनीका प्रतिनिधि सामुदायिक वनको सम्पर्कमा आएका छ्रैनन् । नर्सरीमा झण्डै पाँच लाख विरुवा रहेका छन् । विरुवा उत्पादन गर्न सामुदायिक वनले ७० हजार खर्च गरेका छन् । कम्पनीले सामुदायिक वनमै प्रशोधन प्लान्ट राखेर सजिवनबाट डिजेल निकालेपछि बाँकी रहने पिनाबाट सावुन, जैविक मल, मैनबत्ती, वायोग्याँस र लेदोबाट कष्मेटिक वस्तु उत्पादन गर्ने योजना बनाएको थियो । रासस
घाईते गाई को घाऊमा हराएको हिन्दूत्व (भिडियो )
अत्तरिया , भाद्र २२ । छाडा पशु चौपायाका कारण स्थानिय त हैरान बनेका छन नै भने स्वयम गाईगोरुहरु पनि दिनहुँ चोटपटक लागेर मर्न थालेका छन् ।
पन्त हत्या प्रकरणमा प्रहरीको शुरुआती अनुसन्धान प्रक्रियामामै त्रुटि -राष्ट्रिय मानवअधिकार आयोग
भिमदत्तनगर ,भाद्र २२ । राष्ट्रिय मानवअधिकार आयोगले ले को निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको शुरुआती अनुसन्धान प्रक्रियामा शुरुवात मै
तीन वर्षको अबधिमा बैतडीको झुलाघाटबाट दुई सय १८ महिला तथा बालबालिकाको उद्धार
बैतडी , भदौ २१ । पछिल्लो तीन वर्षको अबधिमा बैतडीको नेपाल–भारत सिमानाका झुलाघाटबाट दुई सय १८ महिला तथा बालबालिकाको उद्धार गरिएको छ । विभिन्न बहानामा

प्रतिकृया दिनुहोस