पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढ्यो

काठमाण्डौ ,भाद्र २१ । 
नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढाएको छ । आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजल र मट्टितेलमा प्रतिलिटर ३-३ रुपैयाँको दरले मूल्य बढाएको हो ।खाना पकाउने ग्यासमा भने प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाइएको छ । नयाँ मूल्य आजै मध्यरातिदेखि नै लागु भएको छ ।नयाँ मूल्य अनुसार एक लिटर पेट्रोलको मूल्य ११२ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजेल र मट्टितेललाई ९८-९८ रुपैयाँ तिर्नुपर्ने भएको छ । खाना पकाउने ग्यासको मूल्य भने प्रतिसिलिण्डर १४ सय रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेको तथा अमेरिकी डलरको तुलनामा नेपाल र भारतीय मुद्रा अवमूल्यन भएको र सोही अनुसार भारतीय आयल निगमबाट १ सेप्टेम्बरमा प्राप्त मूल्य बढेर आएकाले मूल्य विश्लेषण गरी समायोजन गरिएको आयल निगमले जनाएको छ । मूल्य समायोजन पछि पनि पेट्रोलमा प्रतिलिटर ३६ पैसा तथा डिजेल र मट्टितेलमा ४९ पैसा घाटा रहेको निगमले जनाएको छ । खाना पकाउने ग्यासमा भने प्रतिसिलिण्डर ३०९ रुपैयाँ ७९ पैसा घाटा रहेको निगमको भनाइ छ ।

प्रतिकृया दिनुहोस

घरदैलोमा पुगेर सेवा दिन कर्मचारीहरुलाई प्रधानमन्त्रीको निर्देशन

काठमाण्डौ ,भाद्र २२ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले १ नागरिकको घरदैलोमा पुगेर सेवा दिन कर्मचारीहरुलाई निर्देशन दिएका छन् । १५औँ निजामती सेवा

सातै प्रदेशका मुख्यमन्त्रीहरुको प्रथम भेला पोखरामा सुरु

पोखरा ,भाद्र २१।  सात वटै प्रदेशका मुख्यमन्त्रीहरुको प्रथम भेला पोखरामा सुरु भएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को आयोजनामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा घिमिरे नियुक्त

काठमाण्डौ ,भाद्र २० ।  संवैधानिक परिषदको बैठकले नविन घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको छ । बुधबार