निर्मला पन्तको हत्या घटनाको अनुसन्धान थप जटिल मोडमा,प्रमाण नष्ट पारिँदा जटिलता उत्पन्न

कन्चनपुर ,भाद्र २१।  
कन्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धान थप जटिल मोडमा पुगेको छ । सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठित समितिले गृहमन्त्री रामबहादुर थापा बादललाई बुधबार गरेको ब्रिफिङअनुसार पन्तको बलात्कारपछि हत्या हुँदा प्रमाण नष्ट गरिएको हुनाले घटना अनुसन्धान जटिल मोडमा पुगेको हो ।

प्रमाण नष्ट भएकाले घटनामा संलग्न अभियुक्त पत्ता लगाउन गाह्रो भएको समितिको निष्कर्ष छ । घटना भएको ३५ दिनपछि सरकारले समिति गठन गरेको थियो । समितिमा नेपाल प्रहरीका डिआइजी रामप्रसाद श्रेष्ठ र सशस्त्र प्रहरीका वसन्त बानियाँ सदस्य छन् ।

समिति सदस्य श्रेष्ठले  भने,‘कुनै पनि अनुसन्धान सजिलो हुँदैन । त्यो स्वाभाविक हो । कन्चनपुर घटनाको केसमा पनि त्यही हो । अनुसन्धान सकिएको छैन । त्यसैले, अहिले नै यही हो भन्न सकिन्न ।’

समितिका अनुसार बलात्कारपछि निर्मलाको शव कन्चनपुरको भीमदत्त–१८ निम्बुखेडाको उखुबारीस्थित पानीमा घोप्टो परेको अवस्थामा भेटिएको थियो । शव पानीमा भिजेका कारण बलात्कारमा संलग्न अभियुक्तको गन्ध र वीर्य शवबाट पखालिसकेको थियो । समितिका अनुसार पोस्टमार्टम रिपोर्टले पनि यसलाई पुष्टि गरेको छ आजको नयाँ पत्रीकामा खबर छ ।

प्रतिकृया दिनुहोस

निर्मला पन्तको हत्या प्रकरणबारे छानविन गर्न गठिन उच्च स्तरीय छानबीन टोली ले आफ्नो काम सकेर काठमाण्डौ फर्किदै

भिमदत्तनगर , भाद्र २२ ।  कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणबारे छानविन गर्न गठिन उच्च

अत्तरियाबाट झण्डै ६०० छाडा पशुचौपायाहरु पहाडतिर लगियो

  अत्तरिया ,भाद्र २२ । गोदावरी नगरपालिकाले छाडा पशु चौपायाको समस्या अत्तरियामा बिकराल बन्न थालेपछि आज झण्डै ६०० गाई गोरु पहाड तिर पठाएको छ । स्थानिय

यातायात क्षेत्रका अनियमितता हटाउन युवा संघ धनगढीको माग

  धनगढी ,भाद्र २० ।  यातायात कार्यालय  क्षेत्रका विकृति हटाउन युवा संघ धनगढीले माग गरेको छ । आज जिल्ला प्रशाशन कार्यलय र  प्रदेश सातका कानुन