सातै प्रदेशका मुख्यमन्त्रीहरुको प्रथम भेला पोखरामा सुरु

पोखरा ,भाद्र २१। 
सात वटै प्रदेशका मुख्यमन्त्रीहरुको प्रथम भेला पोखरामा सुरु भएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को आयोजनामा बिहीबार भेला आयोजना गरिएको हो । मुख्यन्त्रीहरुले हातेमालो गरेर ऐक्यवद्धता जनाउँदै भेलाको उद्घाटन गरेका छन्। भेलामा सातै प्रदेशको वर्तमान अवस्था, आइपरेका समस्या, ठूला आयोजनाहरु, केन्द्रले दिने अनुदानलगायत विषयमा छलफल हुनेछ। अन्तरप्रदेश परिषद् बैठकको पूर्वसन्ध्यामा आयोजित भेलाले एउटै एजेन्डा तय गर्ने विश्वास लिइएको छ।प्रदेशको अधिकार, प्रदेशका विभिन्न संरचना, कर्मचारी, प्रहरीलगायत विषयमा संघीय सरकारले बेवास्ता गरेको आरोप लाग्दै आएका बेला यो भेलाले निचोड निकाल्ने अपेक्षा गरिएको छ।अन्तर प्रदेश परिषदको बैठकको पूर्वसन्ध्यामा पोखरामा भइरहेको यो भेलालाई महत्वपूर्ण रुपमा लिइएको छ । यही २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा परिषदको बैठक बस्दैछ । परिषदको बैठकमा सातै प्रदेशका सामूहिक एजेन्डा बनाउन भेलामा छलफल सुरु भएको छ । 

प्रतिकृया दिनुहोस

घरदैलोमा पुगेर सेवा दिन कर्मचारीहरुलाई प्रधानमन्त्रीको निर्देशन

काठमाण्डौ ,भाद्र २२ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले १ नागरिकको घरदैलोमा पुगेर सेवा दिन कर्मचारीहरुलाई निर्देशन दिएका छन् । १५औँ निजामती सेवा

पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढ्यो

काठमाण्डौ ,भाद्र २१ ।  नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढाएको छ । आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा घिमिरे नियुक्त

काठमाण्डौ ,भाद्र २० ।  संवैधानिक परिषदको बैठकले नविन घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको छ । बुधबार