पन्त हत्या प्रकरणमा प्रहरीको शुरुआती अनुसन्धान प्रक्रियामामै त्रुटि -राष्ट्रिय मानवअधिकार आयोग
भिमदत्तनगर ,भाद्र २२ ।
राष्ट्रिय मानवअधिकार आयोगले ले को निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको शुरुआती अनुसन्धान प्रक्रियामा शुरुवात मै त्रुटि भएको ठहर गरेको छ ।महेन्द्रनगरमा बिहीबार आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता मोहना अन्सारीले भनिन् - जुन प्रक्रियाबाट प्रहरी-प्रशासनले अनुसन्धान गर्नुपर्ने हो त्यो नभएको देखियो जिम्मेवार व्यक्तिबाट अनुसन्धानमा गम्भीरता देखिएन, घटनाको प्रमाण सङ्कलनमा पनि त्रुटि देखिन्छ ।आयोग टोलीले कञ्चनपुरमै पुगेर घटना र उत्पन्न स्थितिको अनुसन्धान र अनुगमन गरेको छ । आयोगको टोलीले पीडित परिवारका सदस्य, घटनामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएका व्यक्तिलगायतसित भेट गरेको प्रवक्ता अन्सारीले जानकारी दिइन् ।आयोगले प्रहरीबाट भइरहेको अनुसन्धान प्रगतिको अवस्था, घटनाको स्थलगत अनुगमन एवं निरीक्षणका साथै उच्चस्तरीय छानबिन टोलीसित समेत छलफल गरेको छ ।
हत्यारालाई जुनसुकै हालतमा कार्बाही हुन्छ -आईजीपी खनाल
नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा जो सुकै भएपनि नछोडिने बताएका छन्। बिहीबार कञ्चनपुर पुगेका आईजीपी खनालले साँझ बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका परिवारसँग भेट गर्दै यस्तो बताएका हुन्। उनले हत्यारा खोज्न समय लागे पनि पत्ता लगाएर छोड्ने प्रतिवद्धता जनाए । अपराधिलाई कुनैपनि हालतमा नछोडिने बताउँदै आईजीपी खनालले ढिलो चाडो पक्राउ गर्ने बताए।आईजीपी खनाल प्रहरी कार्यालयको निरीक्षण पश्चात सोझै घट्नास्थल पुगेका थिए। उनले निर्मला पन्तको हत्या र अहिलेसम्म भइरहेको अनुसन्धानका बारेमा जानकारी लिएपछि निर्मलाका परिवारसँग भेट गरेका हुन्। भेटका क्रममा निर्मलाकी आमा दुर्गादेवीले घट्ना भएको ४३ औं दिन बितिसक्दासमेत हत्यारा पहिचान हुन नसकेकोप्रति चिन्ता व्यक्त गरिन्।
घाईते गाई को घाऊमा हराएको हिन्दूत्व (भिडियो )
अत्तरिया , भाद्र २२ । छाडा पशु चौपायाका कारण स्थानिय त हैरान बनेका छन नै भने स्वयम गाईगोरुहरु पनि दिनहुँ चोटपटक लागेर मर्न थालेका छन् ।
संजिबनी खेर जान थालेको भन्दै स्थानीयवासी अन्योलमा
कञ्चनपुर , भदौ २१ । डिजेल उत्पादन गर्न प्रयोग गरिँदै आएको सजिवन वनमा खेर जान थालेको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ श्रीकृष्ण र वसन्त
तीन वर्षको अबधिमा बैतडीको झुलाघाटबाट दुई सय १८ महिला तथा बालबालिकाको उद्धार
बैतडी , भदौ २१ । पछिल्लो तीन वर्षको अबधिमा बैतडीको नेपाल–भारत सिमानाका झुलाघाटबाट दुई सय १८ महिला तथा बालबालिकाको उद्धार गरिएको छ । विभिन्न बहानामा

प्रतिकृया दिनुहोस