सात नम्बर प्रदेशमा सबै मन्त्रीहरुद्वारा पदभार ग्रहण

आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बाहादुर शाहा

फागुन ६, धनगढी 

प्रदेश नम्बर सातका सबै नब नियुक्त मन्त्रीहरुले आज आ आफ्नो मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन । मुख्य मन्त्रीको सपथ लगत्तै पलाई पालो सबै मन्त्रीहरु सपथ लिएका हुन । हिजो मात्रै सपथ खाएका  सबै मन्त्रीहरुको अनुहारमा आज पदभार ग्रहण गर्दा  नयाँ खुशीयाली का साथ जोश जाँगर पनि झल्किएको देखिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बाहादुर शाहा ,आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोरा ,भौतिक पूर्बाधार तथा बिकास मन्त्री पठान सिं बोहोरा ,सामाजिक बिकास मन्त्री दिर्घ सोडारी लगाएतका छ जना मान्त्रीहरुले पदभार ग्रहण गरेका हुन ।

मन्त्रीहरु सम्बन्धित मन्त्रालय पुग्दा मन्त्रालयका कर्मचारी हरुले मन्त्रीहरु अबिर माला लगाएर स्वागत गरेका थिए । पदभार ग्रहण गरेपछी संचारकर्मी हरु सँग बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बाहादुर शाहाले प्रदेशमा शान्ती सुरक्षा कायम गर्नु र कानुनको प्रभाबकारी कार्यन्वयन गर्नु पहिलो प्राथमिकता रहेको बताउनु भयो । एमाले सात नम्बर प्रदेशका सँसदिय दलका नेता समेत रहेका मन्त्री शाहाले जनताले गरेको अपेक्षा अनुसार प्रदेशका सबै जिल्लाहरुमा योजनाबद्ध रुपमा अध्यन गरेर  शान्ती सुरक्षा कायम गर्नको लागी आगामी कार्य योजना बनाउने प्रतीकृया दिनु भयो । त्यस्तै पदभार ग्रहण पछी संचारकर्मी सँग कुराकानी गर्दै महत्वपूर्ण जिम्मेवारी पाएका भौतिक पूर्बाधार तथा बिकास मन्त्री पठान सिं बोहोराले यस प्रदेशको भौतिक निर्माणको काम चुनौतीपूर्ण रहेपनी सरकारले जिम्मेवार पूर्ण भएर सरचंना निर्माणमा लाग्ने बताउनु भयो ।

 भौतिक पूर्बाधार तथा बिकास मन्त्री पठान सिं बोहोरा

उहाले भौतिक निर्माणका कार्यमा चरम लापरबाही हुने गरेको समयमै योजना सम्पन्न नहुने गरेको कुरालाई अब कडाइका साथ समयमै योजना सम्पन्न गर्ने गरी कार्ययोजना बनाउने बताउनु भयो । सडक ,सीचाइ ,खानेपानी ,नदी कटान लगाएतका क्षेत्रमा निर्माणधिन योजना र अब आउने योजनाहरु दुर्तगतीमा अगाडी बढाइने मन्त्री बोहोराको भनाई रहेको छ । यस्तै नम्बरलेले पनि आज नै पदभार ग्रहण गर्नु भएको छ । पदभार ग्रहण पछी संचारकर्मीहरु सँग बोल्दै मन्त्री बोहोराले प्रदेश नम्बर सातमा संघिय ब्यबस्थामा अर्थ ब्यबस्था मिलाउन ठुलो चुनौती रहेको बताउनु भयो ।

आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोरा

उहाले सात नम्बर प्रदेशमा  खर्चको तुलनामा राजस्व १६ प्रतिशतको हारहारीमा मात्रै राजस्व सन्कलन भएको जानकारी दीनु भयो । मन्त्री  बोहोराले आर्थिक बर्ष २०७३ -७४ मा साँढे ५१ अरबको  साधरण खर्च र पुजिगत खर्चको ब्ययभार रहेको तथ्याङ रहेको बताउनु भयो । चालु आर्थिक बर्षमा पनि ५१ अरब प्रदेश सन्चालनको लागी आबश्यक भएपनी राजास्व १०  अरब मात्रै राजस्व उठने भएकोले करको दायारा बढाउनु पर्ने र करको नयाँ नयाँ बाटाहरु खोज्नु पर्ने मन्त्री बोहोराको भनाइ रहेको छ । उहाले असार १ गते भित्र प्रदेश सरकारको बजेट ल्याउनु पर्ने सम्बैधानिक ब्यबस्था रहेको उक्त समय सिमा भित्र बजेट ल्याउने तयारी गर्ने जानकारी दिनु भयो । मन्त्री बोहोराले आज नै आन्तरिक राजस्व कार्यलयको निरिक्षण समेत गर्नु भएको छ ।        

प्रतिकृया दिनुहोस

लेखराज भट्टले आफ्नो पद धरापमा किन पारे ?

काठमाडौ, असोज ५ ।   नेकपा सचिवालयको बैठक बस्नु भन्दा एक घन्टा अघि प्रदेश नम्बर ७ का  नेता लेखराज भट्टलाई शीर्ष तहबाट फोन आयो ।"५ नम्बर प्रदेशबाट

नेकपा प्रदेश ७ को इन्चार्जमा भिम रावल,सह इन्चार्जमा तत्कालिन माओबादीका लक्ष्मणदत्त जोशी लाई तोक्यो

काठमाण्डौ ,असोज ५ ।  नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सात प्रदेशका अध्यक्ष र सचिव तथा इन्चार्ज र सह-इन्चार्ज तोकेको छ । आज  विहान बसेको सचिवालय

अहिलेको संघियता उँट जस्तो भयो ,प्रदेशलाई गाउँपालिकाको जती पनि अधिकार छैन - राजपा नेता महतो (भिडियो )

धनगढी ,असोज ४ ।  राजपाका नेता राजेन्द्र महतोले सरकार आफुहरुको माग बेवास्ता गरे फेरी  कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्  । बुधबार  धनगढीमा