अत्तरियाबाट झण्डै ६०० छाडा पशुचौपायाहरु पहाडतिर लगियो

 

अत्तरिया ,भाद्र २२ । गोदावरी नगरपालिकाले छाडा पशु चौपायाको समस्या अत्तरियामा बिकराल बन्न थालेपछि आज झण्डै ६०० गाई गोरु पहाड तिर पठाएको छ । स्थानिय , नगरपालिकाका जन प्रतिनिधि ,कर्मचारी लगाएत को टिमले अत्तरिया र आसपासमा रहेका छाडापशु चौपायाहरुलाई बुढेतोलासम्म पुर्याएको नगरपालिकाका प्रशाषकिय प्रमुख खेम राज बिष्टले जानकारी दिए । उनका अनुसार लगिएका गाईगोरुहरुलाई केही ब्यक्तीको समुहले अछाम लैजाने सहमती भएको हो । उनीहरुले पाल्न सक्ने अबस्थामा रहेका गाईगोरुलाई पाल्ने र नसकिनेहरुलाई अरु कामको प्रयोजनका लागी लगेका हुन् । प्रमुख बिष्टले पशु चौपायाहरुलाई बिचमा नछोड्ने गरी नगरपालिकाका पनि केही कर्मचारी सँगै अछाम सम्म पुग्ने बताए । छाडा पशु चौपायाले स्थानियका खेती बाली नष्ट गर्न थालेपछि स्थानिय हैरान बनेका छन् । गाईगोरुहरु पहाड तिर पठाएपछि अब केही बाली नाली जोगाउन सहज हुने स्थानियले विश्वास लिएका छन् ।

प्रतिकृया दिनुहोस

निर्मला पन्तको हत्या प्रकरणबारे छानविन गर्न गठिन उच्च स्तरीय छानबीन टोली ले आफ्नो काम सकेर काठमाण्डौ फर्किदै

भिमदत्तनगर , भाद्र २२ ।  कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणबारे छानविन गर्न गठिन उच्च

निर्मला पन्तको हत्या घटनाको अनुसन्धान थप जटिल मोडमा,प्रमाण नष्ट पारिँदा जटिलता उत्पन्न

कन्चनपुर ,भाद्र २१।   कन्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धान थप जटिल मोडमा पुगेको छ । सहसचिव हरिप्रसाद मैनालीको

यातायात क्षेत्रका अनियमितता हटाउन युवा संघ धनगढीको माग

  धनगढी ,भाद्र २० ।  यातायात कार्यालय  क्षेत्रका विकृति हटाउन युवा संघ धनगढीले माग गरेको छ । आज जिल्ला प्रशाशन कार्यलय र  प्रदेश सातका कानुन