झलक पालीको ‘धुम मच्चाउँछु’ बोलको गीतले चर्चा बटुल्दै

अत्तरिया , भाद्र २२ । 

गायक तथा पत्रकार झलक पालीको ‘धुम मच्चाउँछु....’ बोलको डिजे गीतले चर्चा बटुल्न थालेको छ । रक्षाबन्धनको अवसर पारेर यहि भाद्र १० गते बजारमा ल्याईएको गायक पालीको उक्त गीतले चर्चा बटुल्न लागेको हो । उक्त गीत युट्युबमा अहिलेसम्म साढे ७१ हजार बढीले हेरीसकेका छन् । गीतमा शब्द, सँगीत, स्वर र र्याप स्वयं गायक पालीकै रहेको छ ।आफ्नै व्यक्तिगत विशेषताहरु समेटिएको गीतमा पछिल्लो समयमा निकै व्यस्त निर्देशक विक्रम चौहानको निर्देशनमा चर्चित गायक, सर्जक एवं मोडल चक्र बम र करिश्मा ढकालको अभिनय रहेको छ ।काठमाण्डौंको टोखा नगरपालिकाको भूतखेल र बसुन्धरामा रहेको मेघा पार्टी प्यालेस क्षेत्रमा उक्त गीतको सुटिङ्ग गरिएको गायक पालीले बताए ।

केशव बडुले एरेञ्ज गरेको सो गीतलाई सुरताल डिजिटल रेकर्डिङ्ग स्टुडियो डिल्लीबजार काठमाण्डौमा रेकर्ड गरिएको हो ।उक्त गीत गायक तथा मोडल चक्र बमको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।झण्डै एक दशकदेखि पत्रकारिता पेशामा क्रियाशील पालीले पछिल्लो समय कलाकारीता क्षेत्रलाई पनि व्यवसायिक रुपमा सँगै दौडाई रहेका छन् ।डोटीको जोरायल गाउँपालिका ४ लक्ष्मीनगरको बिनोडा गाउँमा २०४१ सालमा बुबा पूर्ण सिं पाली र आमा बिष्नादेवी पालीको कोखबाट जन्मिएका पालीले ‘क्या मान्नी है सौंराई’ बोलको डेउडा गीतबाट २०७३ सालदेखि गायन यात्रा शुरु गरेका हुन् ।

सानैदेखि गीत सँगीतमा औधी रुचि राख्ने पालीले डेउडा, लोक गीत, पप गीत र विभिन्न सचेतनामूलक गीतहरु बजारमा ल्याईसकेका छन् ।कलाकारीतामा लागेको छोटो समयमै उनी विभिन्न मेला, महोत्सवहरुमा व्यस्त हुन थालेका छन् । केहि समयभित्रै ‘धन्य मायाजाल’ बोलको मौलिक खेल–डेउडा बजारमा ल्याउने तयारी रहेको उनले बताए ।
 

प्रतिकृया दिनुहोस

धनगढीमा युगल रचना वाचन हुँदै

धनगढी , भदौ ०८ । धनगढी आसपासमा साहित्य लेखनिमा सकृय रहेका युवा श्रस्टाहरुको समूह रचना वाचन समूह धनगढीको चौथो शृङ्खलामा सनिवार धनगढीका दुइजना चर्चित

प्रतिभा पुस्तकालयमा नियमित काब्य शृड्खला “रचना वाचन” कार्यक्रम सुरु

संगिता खड्का , साउन २६ । अत्तरियामा रहेको प्रतिभा पुस्तकालयले आजवाट नियमित काब्य शृड्खला “रचना वाचन” कार्यक्रम सुरु गरेको छ । आज एक कार्यक्रमका

जसुलीको मायामा यसरी पागल हुदैछन् लोकपप गायक सुरेश चोखाल

  हेमराज भट्ट , अत्तरिया , साउन ३ । छोटो समयमै नेपाली गित संङगित क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोकपप गायक सुरेश चोखालको डिजे बाला लोकपप गित