घाईते गाई को घाऊमा हराएको हिन्दूत्व (भिडियो )

अत्तरिया , भाद्र २२ । 
छाडा पशु चौपायाका कारण  स्थानिय त  हैरान बनेका छन नै  भने स्वयम गाईगोरुहरु पनि दिनहुँ चोटपटक लागेर मर्न थालेका छन् । अत्तरिया पहाड रोडमा रहेको सार्बजनिक सौचालय नजिकै एउटा गाई बिगत ४ दिन देखी चोट पटक लागेर उठन नसक्ने भएको छ । गाईको पछाडीको खुटामा गम्भिर चोट लागेको छ । धेरै दिन भएकोले गाईको घाउमा किरा समेत परेका छन् । स्थानिय ब्यबसायी दुर्गा पर्साइले केही दिन देखी गाई त्यँही देखेको  बताए । उनले गाईलाई घांश र पानी दिने गरेको बताए । गाई पटक पटक उठन खोजे पनि उठन नसकेको पर्साईले बताए । घाइको खुटाको तिघ्रामा मोटरसाइकलले ठोकेको हुन सक्ने स्थानियले बताएका छन् । पैदल यात्रुहरु गाई हेर्छन अनी जान्छन् तर अधिकाँसले उक्त गाईको पिडा बुझ्ने प्रयास गरेका छैनन । गाई जनावर हो बोल्न सक्दैन तर पनि पानी प्यास लागेको अनुभुती गर्छ  तर पानी दिने पनि कोही देखिदैन् । गाईको खुट्टामा ठुलो घाऊ भएको जस्तो देखिन्छ तर उपचार कसले गर्ने ? स्थानिय युबा फणीन्द्र भण्डारीले भने - गाईको अबस्था देखेर दुखी भएको बताए । हिन्दू धर्म मान्ने भएकोले गाई प्रती दया लाग्यो तर केही गर्न नसकिएको उनको भनाई छ ।हिन्दू धर्माबलम्बीहरुले गाईलाई भागबानको रुप्मा पुज्ने गर्दछन् । 

प्रतिकृया दिनुहोस

पन्त हत्या प्रकरणमा प्रहरीको शुरुआती अनुसन्धान प्रक्रियामामै त्रुटि -राष्ट्रिय मानवअधिकार आयोग

भिमदत्तनगर ,भाद्र २२ ।  राष्ट्रिय मानवअधिकार आयोगले ले  को निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको शुरुआती अनुसन्धान प्रक्रियामा शुरुवात मै

संजिबनी खेर जान थालेको भन्दै स्थानीयवासी अन्योलमा

कञ्चनपुर , भदौ २१ । डिजेल उत्पादन गर्न प्रयोग गरिँदै आएको सजिवन वनमा खेर जान थालेको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ श्रीकृष्ण र वसन्त

तीन वर्षको अबधिमा बैतडीको झुलाघाटबाट दुई सय १८ महिला तथा बालबालिकाको उद्धार

बैतडी , भदौ २१ । पछिल्लो तीन वर्षको अबधिमा बैतडीको नेपाल–भारत सिमानाका झुलाघाटबाट दुई सय १८ महिला तथा बालबालिकाको उद्धार गरिएको छ । विभिन्न बहानामा