निर्मला पन्तको हत्या प्रकरणबारे छानविन गर्न गठिन उच्च स्तरीय छानबीन टोली ले आफ्नो काम सकेर काठमाण्डौ फर्किदै
भिमदत्तनगर , भाद्र २२ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणबारे छानविन गर्न गठिन उच्च स्तरीय छानबीन टोली ले आफ्नो काम सकेको छ । गृह मन्त्रालयका उपसचिव हरिप्रसाद मैनाली संयोजत्कत्वको टोलीले भदौ ८ गतेदेखि छानबीन थालेको थियो । तर समितीले घटनास्थल को बारेमा ब्रिफ गर्नु बाहेक अरु केही गर्न नसक्ने देखीएको छ । छानबिन सकिएपछि शुक्रवार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक मैनालीले कञ्चनपुर घटनामा मुछिएका प्रहरी अधिकारी सबै केन्द्रमा तानिएका हुँदा उनीहरूसँग पनि शोधपुछ गर्न बाँकी रहेकाले शोधपुछ गरेर प्रतिवेदनलाई अन्तिम रुप दिने बताए । प्रतिबेदनले कसलाई दोषी देखाएको छ भन्ने प्रष्ट हुनेमा भने स्थानियले शंका गरेका छ्न । मैनालीले अझै ३–४ दिन प्रतिवेदन लेखनमा समय लाग्ने बताए । उनले काठमाण्डौ तानिएको तत्कालिन प्रहरी अधिकारीहरु सँगको बयान सकिएपछि मात्रै प्रतीबेदन सरकारलाई बुझाउने बताए । टोलीले शुरुमा प्रहरीले घटनालाई गम्भिर रुपमा नलिएको निष्कर्ष निकालेको छ । मैनाली ले भने -प्रहरीले भदौ ८ गते गोली चलाउनुपर्ने कुनै आवश्यकता नै थिएन , प्रहरीले आत्तिएर गोली चलाएको देखियो। उनले पीडितले न्याय पाउने र घटनामा संगलग्न कर्बाहीको दायरामा आउने विश्वास ब्यक्त गरे ।
अत्तरियाबाट झण्डै ६०० छाडा पशुचौपायाहरु पहाडतिर लगियो
अत्तरिया ,भाद्र २२ । गोदावरी नगरपालिकाले छाडा पशु चौपायाको समस्या अत्तरियामा बिकराल बन्न थालेपछि आज झण्डै ६०० गाई गोरु पहाड तिर पठाएको छ । स्थानिय
निर्मला पन्तको हत्या घटनाको अनुसन्धान थप जटिल मोडमा,प्रमाण नष्ट पारिँदा जटिलता उत्पन्न
कन्चनपुर ,भाद्र २१। कन्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धान थप जटिल मोडमा पुगेको छ । सहसचिव हरिप्रसाद मैनालीको
यातायात क्षेत्रका अनियमितता हटाउन युवा संघ धनगढीको माग
धनगढी ,भाद्र २० । यातायात कार्यालय क्षेत्रका विकृति हटाउन युवा संघ धनगढीले माग गरेको छ । आज जिल्ला प्रशाशन कार्यलय र प्रदेश सातका कानुन

प्रतिकृया दिनुहोस