नेपाल आइडल भाग २ मा प्रदेश ७ बाट अहिलेसम्म सुरक्षित एक्ला प्रतियोगी रबि ओड प्रतियोगिता जित्ने दाउंमा

अत्तरिया ,भाद्र २३ । 
एपीवान एचडी टेलीभिजनबाट  प्रसारण भएको नेपालकै सबैभन्दा ठूलो सिंगिङ रियालिटी सो ‘नेपाल आइडल’ भाग २ प्रशारण भईरहेको छ । प्रदेश ७ बाट अहिलेसम्म एक्ला प्रतियोगी रबि ओड मात्रै छन् । यस प्रदेशबाट सहभागी अन्य सबै प्रतियोगी बाहिरिएका छन् । उनले धनगढी अडिसनबाट उक्त रियालिटी सो मा सहभागीता जनाएका थिए । कन्चनपुरको गुलरिया घर भएका रबि करिब  चार वर्ष अघीबाट मात्रै  संगीतमा सक्रिय भएर लागेको हुन् । र बिले आफ्नो संगितको यात्रा धनगढीको दोहोरी साँझ बाट शुरु गरेका हुन् । सामान्य परिवारमा जन्मिएका उनी आफ्नो बाजेको प्रेरणाबाट गीत संगितमा आएको बताउछँछन् ।" मेरो बाजे गीत  गाउनुहुन्थ्यो," उनले भने-  "उहाँबाट नै प्रभावित भए "। उनका बुवा भारतमा वाचम्यानको काम गर्ने गर्दछन् । उनकी आमाको केही बर्ष पहिले घाँटीको समस्याले बितेको उनले बताए । ठाडी  भाका, लोकदोहोरी, पप, हिन्दी नेपाली सबै खाले गीत गाउन सजिलै सक्ने उनले बताए  । शिव परियार, सुगम पोख्रेल र हेमन्त रानाका गीतहरु उनलाई  बढी मन पर्छन्। यस क्षेत्रका सबैको आशिर्बाद र मायाले यहाँ सम्म पुगेको उनको भनाई छ । अबका दिनमा पनि सबैको सहयोगको उनले अपेक्षा गरेका छन् । 
 उक्त प्रतियोगिता यो पटक उनी जित्नेमा आशाबादी देखिएका छन् ।           

प्रतिकृया दिनुहोस

चर्चित उपन्याश 'सखीको' धनगढीमा गृह बिमोचन (फोटो फिचर)

  धनगढी,कार्तिक २१ ।  चर्चित उपन्याश सखीको धनगढीमा बुधबार गृह बिमोचन सम्पन्न भएको छ । धनगढी जेसिसले आयोजना गरेको कार्यक्रममा  नेपाली

तेजेन्द्र गन्धर्वले गाए निर्मला हत्याको मार्मिक गीत (भिडियोसहित)

काठमाण्डौ ,कार्तिक १२ ।  ‘द भ्वाइस’ को आइतबार रातिको कार्यक्रममा भोजपुरका तेजेन्द्र गन्धर्वले निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयलाई