प्रदेश सरकारको कार्यशैलीमा अनुभबको कमी देखिएको छ त्यो सच्याउंदै लगिन्छ - नेकपा नेता भट्ट

अत्तरिया ,भाद्र २३ । 
नेपाल कम्युनिष्ट पार्टी( नेकपा) का नेता लेखराज भट्टले निर्बाचन को बेला जनताका सामु बोलेको बाचा पुरा गर्ने बताउनु भएको छ । आज गोदावरी नगरपालिका वडा नम्बर ४ शिवनगर टोलमा गौरा पर्बको अबसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन । उनले बर्तमान सरकार जनताको पक्षमा काम गर्न कटिबद्ध रहेको बताए । "जनतालाई छिटो बिकास चाहिएको छ , जनताका माग असिमित छन्", पूर्व मन्त्री समेत रहेका नेता भट्टले भने - "अझै हामी संक्रणमणकालमा छौ , प्रदेशका स्थानिय निकायका एन कानुन बन्दै छन् त्यो नबनेसम्म बिकास नहुँदो रहेछ" । उनले  प्रदेस सरकारले भर्करै  ल्याएको बजेटमा अनुभबको कमी देखिएको भए पनि  त्यसलाई प्रदेश  सरकारले सँच्याउदै लैजाने बताए  । गाउँ गाउँमा आउने बजेट कसरी खर्च भएको छ भन्ने कुरालाई पनि स्थानिय जनताले नै निगरानी गर्नु पर्नेमा जोड दिए । हामीले माथिबाट योजना  पठाउने यँहा रकम आउने तर स्थानियमा सदुपायोग हुन नसक्ने भन्दै नेता भट्टले योजनाहरुको कार्यान्वयनमा स्थानिय जनता चनाखो हुनु पर्ने बताए ।          

प्रतिकृया दिनुहोस

लेखराज भट्टले आफ्नो पद धरापमा किन पारे ?

काठमाडौ, असोज ५ ।   नेकपा सचिवालयको बैठक बस्नु भन्दा एक घन्टा अघि प्रदेश नम्बर ७ का  नेता लेखराज भट्टलाई शीर्ष तहबाट फोन आयो ।"५ नम्बर प्रदेशबाट

नेकपा प्रदेश ७ को इन्चार्जमा भिम रावल,सह इन्चार्जमा तत्कालिन माओबादीका लक्ष्मणदत्त जोशी लाई तोक्यो

काठमाण्डौ ,असोज ५ ।  नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सात प्रदेशका अध्यक्ष र सचिव तथा इन्चार्ज र सह-इन्चार्ज तोकेको छ । आज  विहान बसेको सचिवालय

अहिलेको संघियता उँट जस्तो भयो ,प्रदेशलाई गाउँपालिकाको जती पनि अधिकार छैन - राजपा नेता महतो (भिडियो )

धनगढी ,असोज ४ ।  राजपाका नेता राजेन्द्र महतोले सरकार आफुहरुको माग बेवास्ता गरे फेरी  कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्  । बुधबार  धनगढीमा