नयाँ नीति नबन्दा काम गर्न समस्या भएपनि बिकासले गती लिएको छ - मेयर हरिसिंह साउँद ( गोदावरी नगरपालिका)

अत्तरिया ,भाद्र २४ । 
स्थानिय निकायले करिब एक बर्ष को समय बिताएको छ । नयाँ जनप्रतिनिधी आएपछि बिकासले फड्को मार्नेमा स्थानिय आशाबादी रहेका छन् । यदपी नागरिकका समिमित चाहाना र सिमित स्रोत साधनका बिच जनप्रतिनिधीले काम गरेका छन् । एन कानुन नबन्दा समस्या भएको उनिहरुले बताएका छन् । यसै सेरोफेरोमा रहेर गोदावरी नगरपालिकाका प्रमुख हरि सिंह साउँद सँग नागरिक दैनिकले गरेको कुराकानी सभार -   

स्थानीय तहमा निर्वाचित भइसकेपछि यहाँको एक वर्षको समय कस्तो रह्यो ? 
जनताको इच्छा आकांक्षाहरु धेरै हुन्छन्, म निर्वाचित हुनुअघि आम मतदातका पनि इच्छाहरु थुप्रै थिए । मैले एक वर्षको दौरानमा  काम गर्दै जाँदा पहिलो कुरा त स्थानीय तहका कामहरु पहिलो नगरसभाबाट पास गराएँ । हामीलाई यहाँ काम गर्दा थुप्रै चुनौतीहरु पनि आएका छन् । नीति नियमहरु बनिनसक्दा हामीलाई काम गर्न निकै समस्या छ ।  अर्को कुरा प्रदेशले ठोस नीति नियम ल्याउन नसक्दा हामी झनै अन्यौलमा छौँ । एक वर्षको दौरानमा हामीले विभिन्न ठाउँमा ग्राभेल, कालोपत्रे, पुल, पुलेसा, स्वास्थ्य चौकी, विद्यालय लगायतका विभिन्न कामहरुलाई थालनी गरेका छौँ । अर्को कुरा, हामीले बसपार्क र लामीताल डिपिआर ग¥यौँ ।  बसपार्क २० करोडको लागनीमा निर्माण गर्ने भन्दै डिपिआर पनि तयार भयो, त्यसलाई सहयोग गर्ने विभिन्न दातृ संस्था तथा निकायले लगानी इच्छाए । तर, प्रदेशको कानुन र नियम नबन्दा  भोगाधिकार नभएका कारणले गर्दा हामीले डिपिआर गरिसके पनि काम अगाडि बढाउन सकिरहेका छैनौँ ।  यो नै हाम्रो प्रमुख चुनौती पनि हो । यस्तै लामीतालको पनि डिपिआर बनिसक्यो, त्यो पनि नीति नियमकै कारण समस्यामा छ ।  र यी काम गर्दा विभिन्न खालका चुनौती आइरहे । त्यसैले हाम्रो एक वर्षको समय केही जटिलता र केही सिकाइ नै रह्यो । 

अत्तरिया बजार व्यवस्थितका लागि के गर्नुभयो ? 
    हामीले अत्तरिया बजार व्यवस्थापनका लागि विभिन्न योजना बनायौँ र त्यही अनुरुप काम गरिरहेका छौँ । पहिलो कुरा त हामीले अत्तरिया चौकमा रहेको फुटपाथलाई व्यवस्थापन ग¥यौँ । सडक किनारमा रहेका खोका छाप्राहरुलाई हटाएर सडक ‘क्लियर’ बनायौँ । अर्को कुरा, बजारको फोहोर व्यवस्थापन पनि हामीले गरिरहेका छौँ । हामी आउनु अगाडि बजार कुरुप थियो, फोहोर यत्रतत्र थिए । अहिले आएर फोहोर व्यवस्थापनमा हामीले पहिलो प्राथमिकता दिएका छौँ । सहर सुन्दर हुनका लागि फोहोर व्यवस्थापन नै पहिलो कुरा हो । त्यसैले फोहोर डम्पिङ साइट पनि छानेर हामीले फोहोर व्यवस्थापनमा जुटेका छौँ । 
यस्तै सहरलाई हरियाली बनाउन हामीले प्रत्येक खाली जमिन तथा खोला किनारमा फलफूलका बोटविरुवा लगाउने योजना पनि अगाडि बढाएका छौँ । यसले गर्दा अत्तरिया बजार सुन्दर र व्यवस्थित हुनेमा दुईमत छैन । 

बर्खायाममा नदी कटानको कस्तो समस्या छ ? 
नदी कटानले हाम्रो क्षेत्रका किसान मर्कामा परेका छन् । खुटिया नदी, गोदावरी नदी र खैराना नदीको कटानले किसान समस्यामा छन् । हामीले प्रदेश र केन्द्र सरकारलाई यी नदी प्रभावित क्षेत्रका किसानका लागि बलियो तटबन्धन बनाइदिन अनुरोध पनि गरेका छौँ । हामीले अहिले नदी कटानको समस्यालाई पनि पहिलो प्राथमिकतामा राखेका छौँ । र हामीले क्रमिक रुपमा गुरु योजना बनाइ कटान समस्यालाई समाधानका लागि अगाडि बढाउने छौँ । 

चुनावी सभामा घोषणा गरिएका आश्वासनहरु कति पूरा गर्न सक्नु भयो या भएन ? 
हामीले चुनावी घोषणामा सबैभन्दा पहिले गाई व्यवस्थापनको कुरा उठाएका थियौँ । आम नागरिक तथा  मतदाताबाट पनि गाई व्यवस्थापनकै कुरा सबैभन्दा बढी उठेको थियो । गाई व्यवस्थापनको बारेमा पनि गत वर्ष हामीले काम ग¥यौँ ।  त्यो समयमा हामीले विभिन्न ठाउँमा अस्थायी तारबार गरेर गाई थुन्ने योजना बनायौँ । वडा नम्बर १, २, ३ र ५ मा हामीले दुई÷दुई जना कर्मचारी राखेर गाई थुन्ने र गाई व्यवस्थापन गर्ने काम ग¥यौँ । यो योजना दिगो नभएपछि हामीले यसै वर्ष ९ सय गाईलाई बाजुरा पठायौँ । अहिले पनि हामीले भर्खरै धेरै गाईगोरुहरुलाई अछाम पठाउने भनेर खानीडाँडासम्म पुगाइसकेका छौँ । गाई व्यवस्थापन एक खालको प्रमुख समस्या नै छ । हामीले सोचेभन्दा बढी खुला नाकाका कारण भारतबाट गाईहरु भित्रने गरेका छन् । खुला नाकाका कारण गाईहरु भारतबाट कञ्चनपुरहुँदै, अत्तरिया, धनगढीहुँदै अत्तरिया र गौरीगंगा नगरपालिकाबाट पनि   अत्तरियामै थुप्रिँदा हामी सबैभन्दा बढी मर्कामा परेका छौँ । अत्तरिया चौकमै धेरै गाई हुँदा सडक दुर्घटना पनि बढ्न थाल्यो, भने किसानका फसल नष्ट हुन थाले । त्यसैले हामीले केही पैसा दिएर नगरपालिकाको कर्मचारीसहित अछामका लागि खानीडाँडासम्म पुगाएका छौँ ।

गोदावरी नगरपालिकामा पर्यटकीय क्षेत्रको सम्भावना कस्तो छ ? 
     हामीले स्थानीय निर्वाचनमा  पनि पर्यटकीय क्षेत्रका बारेमा बोलेका थियौँ । हाम्रो प्रमुख उद्देश्य भनेकै धार्मिक पर्यटक भित्र्याउनु हो । त्यसैले हामीले गोदावरी धामलाई प्रमुख प्राथमिकतामा राखेका छौँ ।  हामीले गोदावरी धाममा केवलकारको स्थापनाका लागि  अध्ययन पनि गरेका छौँ । चुरे गाउँपालिका र गोदावरी नगरपालिका मिलेर भ्यू टावर बनाउनुपर्छ भनेर हामी अगाडि सरेका पनि छौँ । हामी गोदावरी नगरपालिका भित्र रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अनुसन्धान गरे विभिन्न संरचना बनाउने तयारीमा छौँ ।  

नगरपालिकाभित्र व्यवस्थित सहरीकरणका लागि के योजना छ ? 
एडिबीले हाम्रो मास्टर प्लान अनुसार काम गर्ने भनेपछि हामीले नयाँ मास्टर प्लानको योजना बनाएका छौँ । यहाँको भौगोलिक अवस्था र विकटतालाई अध्ययन गरेर एक सय वर्षको योजनासहितको प्लान बनाउने तयारीमा छौँ । एक वर्षे, पाँच वर्षे, दस वर्षे, बीस वर्षे र एक सय वर्षे योजना बनाउँदैछौँ । विभन्न कृषि पकेट, उद्योग पकेटका कुरालाई पनि व्यवस्थत बनाउने उद्येश्यका साथ अगाडि बढेका छौँ । 

किसानका लागि के योजना बनाउनु भएको छ ? 
 अहिलेको रोजगारी भनेको नै कृषि हो । हामीले आधुनिक कृषि योजना बनाउँदै छौँ । किसानलाई लक्षित गरेर हामीले शीत भण्डारको योजना पनि ल्याएका छौँ । शीत भण्डारकै लागि भनेर हामीले गत वर्ष ४० लाख रुपैयाँ छुट्याएका थियौँ । यो वर्ष पनि हामीले त्यसलाई नियमित गरिरहेका छौँ । मौरी पालन, बाख्रा पालन लगायतका योजना पनि अगाडि बढाएका छौँ । गोदावरी नगरपालिकाभित्र रहेका खाली जमिनमा फलफूल लगाउन किसानलाई हौस्याएका पनि छौँ । 

कर्मचारी र जनप्रतिनिधिको सम्बन्ध कस्तो छ ? 
केन्द्रदेखि नै २० वर्षसम्म कर्मचारीले कार्यकारी प्रमुखको रुपमा विभिन्न स्थानीय तहा चलाउनुभएको छ । र, अहिले हामी आइसकेपछि फरक गर्दैछौँ र गरेका पनि छौँ ।  अर्को समस्या भनेको हाम्रो कर्मचारी समस्या पनि छ । हामीलाई कर्मचारी अभाव खड्किएको छ । स्थानीय तहमा १७ वटा कार्यालयहरु समायोजन गरिने भनेको छ । ती कार्यालयका विज्ञ तथा प्राविधिक नहुँदा हामी समस्यामा छौँ । 

ढल निकासको समस्या के छ ? 
बजारमा ढल निकासको ठूलो समस्या छ । गुरु योजना नबनाएरै पहिले गरिएका कामले गर्दा हामी मर्कामा छौँ । दीर्घकालीन योजना नबनाएरै समस्या भएको हो । अहिले आएर सहरी विकासले बनाएको ढल तोडेर ६ लेनले बनाउँदै छ । हामीले काम चलाउनका लागि डोजर चलाएर बर्खायामा सडकको पानी बाहिर निकास ग¥यौँ । ठाउँठाउँमा रहेको ढललाई निकास गरायौँ । हामीले चाँडै यो योजनाका लागि नयाँ योजना बनाएर काम गर्ने तयारीमा छौँ ।   
नागरिक दैनिकबाट साभार 

प्रतिकृया दिनुहोस

संविधान धर्मग्रन्थ वा सुस्तीश्लोक होइन, यो लोक सपार्ने मार्गदर्शक हो : प्रधानमन्त्री ओली

काठमाण्डौ ,असोज २ ।  संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि विकास र समृद्धिको लक्ष्यसहित नयाँ सरकार गठन भएको आजै सात

धेरै ठुलो चमत्कार र कायपलट गर्न नसके पनि प्रदेश सातमा अब हामी राम्रो शुरुवात गर्छौ- मुख्यमन्त्री त्रिलोचन भट्ट

धनगढी ,असार २३ ।  प्रदेस सातको सरकार बनेको झण्डै ५ महिना भयो । नेपालमा संघियता लागु भए पछि बनेको पहिलो सरकार सँग नागरिकका धेरै अपेक्षा रहेका छन् ।

गोदावरी नगरपालिकामा कैलालीका अन्य स्थानिय तहको भन्दा उतक्रष्ट काम भएको छ , प्रचार मात्रै गर्ने काम नगर्ने मेरो स्वभाब नै छैन - मेयर हरि सिं सावंद

अत्तरिया ,असार १० ।  स्थानिय निकायमा जनप्रतिनिधी आएको झण्डै १ बर्ष पुगेको छ । जनप्रतिनिधी आएपछी बिकासले गती लिने कुरामा स्थानिय नगरिक आशाबादी रहंदै