गोदावरी नगरपालिकाले आफुहरुलाई बेवास्ता गरेको भन्दै अत्तरिया उधोग बाणिज्य संघको आपत्ती

अत्तरिया ,भाद्र २४ । 
अत्तरिया उधोग बाणिज्य संघले गोदावरी नगरपालिकाले आफुहरुलाई बेवास्ता गरेको आरोप लगाएको छ । अत्तरिया बजारको फोहोर सँकलन गर्ने  जिम्मा अाफुहरु सँग कुनै सल्लाहा नै नगरी गोदावरी नगरपालिकाले अरुलाई दिएको प्रती गम्भिर आपत्ती जनाएको छ । संघका माहासचिब अशोकराज देबकोटाले भने - बिगतमा हामीले गर्दै आएको यो  काम अहिले कुनै सल्लाहा नै नगरी बाहिरको संस्थालाई दिएको छ ,यो कार्य प्रती हाम्रो आपत्ती छ । उनले नगरपालिकालाई लिखित र मौखिक रुपमा यो बिषयमा बुझ्न् खोज्दा पनि कुनै वास्ता नगरेको आरोप लगाए । बिगतमा अत्तरिया उधोग बाणिज्य संघले रु एक सय मासिक शुल्क ब्यबसायीबाट लिएर सरसफाइ गर्दै आएको थियो । तर अहिले सरसफाईको जिम्मा नगरपालिकाले मात्रिभुमी नेपाल नामक संस्थालाई दिएको छ । संस्थाले ब्यबसायीबाट रु २ सय लिएर सरसफाई शुरु गरेको छ । उक्त संस्थाले नगरपालिकाकै स्रोत साधनमा आफ्ना कामदारहरुको प्रयोग गरि सरसफाई गर्नु शुरु गरेको हो  । बजारका ब्यबसायीहरुले पनि नगरपालिकाका उक्त कार्य प्रती आपत्ती जनाएको माहासचिब देबकोटाको भनाई छ । मात्रीभुमी नेपाल नामक संस्था काठमाण्डौमा केन्द्रिय कार्यालय राखेर देशभर बिभिन्न सामाजिक कार्य गर्दै आएको छ । नगरपालिकाका प्रशाशकिय प्रमुख खेमराज बिष्टले उधोग बाणिज्य संघका प्रतिनिधिहरु सँग छलफल चलिरहेको बताए । उनले मात्रिभुमी समाज र संघका प्रतिनिधि सँगै राखेर समस्याको सामाधान निकालिने जानकारी दिए । 

प्रतिकृया दिनुहोस

झण्डै १० बर्ष अत्तरियाका ब्यबसायीहरुको नेत्रित्व गरेका रोकायाले भने- निर्बाचन पछि सबै ब्यबसायी एक ठाउँमा अाउँछन् (भिडियो )

अत्तरिया ,असोज ६ ।  अत्तरिया उधोग बाणिज्य संघको असोज १२ गते हुने नयाँ नेत्रित्वको निर्बाचन सरगर्मी बढेको छ । सहमती नजुटेपछि ब्यबसायीहरुका दुई

बाजुरामा गैरकानुनी रुपमा जटीबुटीहरुको चोरी निकासी हुदै

बाजुरा , असोज ०६ । जिल्लाको बुढीनन्दा नगरपालिका–४ कुरुका विभिन्न सामुदायिक वनबाट गैरकानुनी रुपमा जटीबुटी चोरी निकासी भइरहेको खुलासा भएको छ ।

सार्बजनिक सवारीका मजदुरहरु आन्दोलनमा उत्रिएपछि यातायात सेवा चौथो दिन पनि ठप्प

अत्तरिया , असोज ४ ।  सरकारले लागु गरेको नयाँ मुलुकी संहिता सवारी चालकहरुको प्रतिकुल भएको भन्दै त्यसको विरोधमा प्रदेश सातका  सार्वजनिक यातायात चालक