मन्त्रीमण्डल हेरफेर गर्ने कुरा प्रधानमन्त्री ओलीले भने झै हुन्छ - प्रचण्ड

काठमाण्डौ ,भाद्र २४ । 
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चार दिने भ्रमण पूरा गरी आज  स्वदेश फर्केका छन् ।उनले भ्रमणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्चस्तरीय राजनीतिक नेतृत्वसंग भेटवार्ता गरेका थिए । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ उनले भ्रमण सफल रहेको दावी गरे । भारतसँग विगतमा गरिएको सहमति कार्यान्वयनका लागि आवश्यक वातावरण बनाउन आफूले गरेको भ्रमण सफल रहेको प्रचण्डकाे भनाई छ ।प्रचण्डले भारत बसाईका क्रममा प्रधानमन्त्री मोदी, विदेश मन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंहलगायतसंग उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका थिए । भेटमा भारतीय नेताहरुले नेपालको समृद्धि र विकास चाहेको पाएको प्रचण्डले बताए । अर्को प्रसंगमा उनले मन्त्रीमण्डल हेरफेरको विषय प्रधानमन्त्री  ओलीले भने अनुसार नै हुने पनि स्पष्ट पारे । प्रधानमन्त्री ओलीले ‘मन्त्रीमण्डल हेरफेर नगर्ने’ भनि दिएको अभिव्यक्तिबारे संचारकर्मीहरुले जिज्ञासा राखेपछि उनले प्रधानमन्त्रीको भनाई अनुसार नै हुने प्रतिक्रिया दिए ।चार दिनको भारत बसाईपछि अध्यक्ष दाहाल आगामी असोज १ गते चीन भ्रमणमा जाँदैछन् ।

प्रतिकृया दिनुहोस

लेखराज भट्टले आफ्नो पद धरापमा किन पारे ?

काठमाडौ, असोज ५ ।   नेकपा सचिवालयको बैठक बस्नु भन्दा एक घन्टा अघि प्रदेश नम्बर ७ का  नेता लेखराज भट्टलाई शीर्ष तहबाट फोन आयो ।"५ नम्बर प्रदेशबाट

नेकपा प्रदेश ७ को इन्चार्जमा भिम रावल,सह इन्चार्जमा तत्कालिन माओबादीका लक्ष्मणदत्त जोशी लाई तोक्यो

काठमाण्डौ ,असोज ५ ।  नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सात प्रदेशका अध्यक्ष र सचिव तथा इन्चार्ज र सह-इन्चार्ज तोकेको छ । आज  विहान बसेको सचिवालय

अहिलेको संघियता उँट जस्तो भयो ,प्रदेशलाई गाउँपालिकाको जती पनि अधिकार छैन - राजपा नेता महतो (भिडियो )

धनगढी ,असोज ४ ।  राजपाका नेता राजेन्द्र महतोले सरकार आफुहरुको माग बेवास्ता गरे फेरी  कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्  । बुधबार  धनगढीमा