सात नम्बर प्रदेशको पहिलो मन्त्री परिषदको पहिलो बैठकले भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलता निती लियो, राष्टीय गौरबका योजनाको प्रभाबकारी कार्यन्वयन गर्ने निर्णय

सात नम्बर प्रदेशको पहिलो क्याबिनेट बैठक - फोटो प्रकाश बिक्रम शाहको फेसबुकबाट ।

फागुन ६ , धनगढी । 
प्रदेश नम्बर सातको पहिलो वैठक शनिबार बसेको छ । मुख्य मन्त्री र अन्य मन्त्रीहरुले पदभार ग्रहण गरेपछी बैठक मुख्य मन्त्रीको कार्यलय रातोपुल मा बसेको हो । पहिलो बैठकले  राष्ट्रिय गौरवका आयोजनाक काम कार्बाहीलाई प्रभाबकारी र गुणस्तरिय  बनाउने र ती आयजनाहरुलाई  समयमै सम्पन्न गर्ने लगातएका महत्वपुर्ण ६ वटा निर्णय गरेको छ । मुख्यमन्त्री त्रीलोचन भट्टको अध्यक्षतामा बसेको बैठकले सेती -महाकाली लोकमार्ग र खुटिया- दिपायल फास्ट ट्र्याक निर्माण कार्यलाई प्राथमिकतामा राखेको छ ।

यस्तै यी  योजना सम्पन्न गर्नकालागी स्थानिय र केन्द्रीय सरकार सँग समन्वयन गर्ने प्रदेश सरकारले योजना बनाएको छ ।  प्रदेश सरकारका कार्य विभाजन र सम्पादन नियमावली र सर्वाजनिक लिखत प्रमाणीकरण सम्बन्धी नियमावली २०७४ लाइ स्विकृत गर्ने निर्णय गरिएको सात नम्बर  प्रदेश सरकारका प्रवक्ता तथा  आन्तरीक मामीला तथा कानुन मन्त्री प्रकाश शाहले जानकारी दिए । वैठकले प्रयटकिय क्षेत्रका सम्भावनाको पहिचान गरि त्यसको संरक्षण र प्रवद्धन गर्ने निर्णय गरिएको छ ।

यस्तै सुचना प्रविधि र विधुतिय  सुशासनलाइ प्रवरद्धन गर्ने निर्णय गरेको मन्त्री शाहले जानकारी दिए  । वैठकले शुन्य सहनसिलता र सुशासनमा जोडदिने निर्णय गरेको छ ।  उत्पादकत्व बढाउने उदेश्यले माटो परिक्षण गर्ने कार्य लाइ  केन्दीय र स्थानिय सरकार सँग समन्वयन गर्ने निर्णय गरिएको आन्तरीक मामीला तथा कानुन मन्त्री शाहले जानकारी दिए।पहिलो बैठकले आन्तरीक मामीला तथा कानुन मन्त्री शाहलाइ प्रदेश सरकारको प्रवत्ता समेत तोकेको छ ।

प्रतिकृया दिनुहोस

नेपाली का‌ंग्रेसको बहुप्रतिक्षित महासमिति बैठक शुरु

काठमाण्डौ,मंसिर २८ ।  नेपाली का‌ंग्रेसको बहुप्रतिक्षित महासमिति बैठक शुक्रबार अर्थात आजदेखि काठमाडौँमा शुरु हुदैछ । कांग्रेसका विद्यमान विधान

डोटी काठमाण्डौ संपर्क समितिको अध्यक्षमा बलाएर

काठमाण्डौ,मंसिर २७।  नेपाली कांग्रेस डोटी काठमाण्डौ संपर्क समितिको दोश्रो साधारण सभा सम्पन भएको छ ।बिहिबार काठमाण्डौमा सम्पन भएको  समितिको

सरकारका काम कार्बाही बिरुद्ध राष्ट्रिय जनमोर्चाको धनगढीमा बिरोध सभा

धनगढी,मंसिर २७ ।  सरकारका काम कार्बाही बिरुद्ध राष्ट्रिय जनमोर्चाले बिरोध सभाको आयोजना गरेको छ । कैलालीको धनगढीमा जनमोर्चाले सरकारका जिम्मेवार