जनतालाई मारमा पारेर सरकार आफ्नो पार्टी बलियो बनाउंदै छ - कांग्रेस नेता सिटौला

कैलाली, भदौ २५ । 

नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले अहिलेको सरकारले दुई तिहाइको दम्भ देखाउँदै संविधान विपरीत गतिविधि गरिरहेको आरोप लगाएका छन् ।  कैलाली क्षेत्र नम्बर ५ को आयोजनामा अत्तरियामा आयोजित कार्यकर्ता भेटघाटका क्रममा उनले उक्त आरोप  लगाएका  हुन् । सिटौलाले सरकारको दम्भका कारण जनतामा निरासा छाएको बताए ।दुई तिहाइको दम्भले कम्युनिष्ट सरकारले जे गरेपनि हुन्छ भन्ने मानसिकता देखाउँदा सबैभन्दा बढी गरिब जनता मारमा परेको उनको भनाइ छ । सरकारको गतिनिधिले  जनता मात्र नभई कर्मचारी, न्यायालय, प्रेस जगत पनि निरासातर्फ धकेलिँदै गइरहेको बताउंदै उनले भने-"समृद्धिको कुरा गरिरहेको सरकारले आफै समृद्धि पतन गराउँदै गएको छ " । पूर्व गृहमन्त्री समेत रहेका सिटौलाले भने -  यो सरकारले आफ्नो  पार्टी बलियो बनाउँदै गइरहेको छ, तर जनतालाई मारमा पारिरहेको छ । उनले  दिन प्रतिदिन भइरहेको बलात्कार, हिंसा, जघन्य अपराधका घटनाहरु बढ्दै गएको प्रति निरासा व्यक्त गरे । पार्टीको आगामी माहादिबेशनको बारेमा बोल्दै    नेता सिटौलाले पार्टीको संरचना बदल्न जरुरी रहेको बताए । कांग्रस भित्र व्यापक समीक्षागरी विगतमा भएका कमी कमजोरीलाई सुधार गर्नुपर्ने उनको भनाई छ । 

प्रतिकृया दिनुहोस

जनताले दिएको मत खेर जान दिने छैन - मन्त्री सुबेदी

अत्तरिया, कार्तिक २९ ।  नेकपा गोदावरी नगरकमिटिले नबनियुक्त सामाजिक बिकासमन्त्री कृष्णराज सुवेदीको बिहीवार एक कार्यक्रमका बिच  स्वागत गरेको छ ।

दिर्घ सोडारीलाई पदमुख्त गरेपछि नेकपा सुदुरपश्चिमको राजनीति गर्मागर्मी

धनगढी,कार्तिक २८ ।   सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री दिर्घ सोडारीलाई नेकपाले सरकारबाट फिर्ता बोलाएपछि यस क्षेत्रको नेकपाको राजनीतिमा

नयाँ केही कामको थालनी गर्छु - नब नियुक्त सामाजिक बिकासमन्त्री सुबेदी

अत्तरिया, कार्तिक २७।  सुदुरपश्चिमप्रदेशका नब नियुक्त सामाजिक बिकास मन्त्री कृष्णराज सुबेदीले मन्त्री बनेकोमा  खुशी ब्यक्त गर्दै कैलाली