कन्चनपुर घटनाका घाईतेहरूको उपचारमा प्रदेश सरकारले कुनै कमी हुन दिने छैन् - मुख्यमन्त्री भट्ट

काठमाण्डौ ,भाद्र २५ । 
प्रदेश न‌ ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले  कंचनपुर घटनाका घाईतेकाे अवस्था बुझ्नु भएको छ । सोमबार  उनले  काठमाण्डौको  टिचिङ हस्पिटल पुगेर घाइते अर्जुन भण्डाराको स्वास्थ्य अवस्थाको बारेमा बुझेका हुन् । कन्चनपुरकी बालिका  निर्मला पन्तका बास्तबिक हत्यारालाई कार्बाही को माग गर्दै भएको आन्दोलनका क्रममा स्थानिय युबा अर्जुन भण्डारा घाईते भएका थिए ।  भेटका  क्रममा मुख्यमन्त्री भट्टले घाईतेहरूको उपचारका क्रममा  सरकारले कुनै कमी हुन नदिने जानकारी दिए । मुख्यमन्त्री सँगै प्रदेश सातका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोराले पनि घाईते भण्डारालाई भेटेका छन् ।   घाईते भण्डाराको ३ सातादेखी काठमाडौंको टिचिङ हस्पिटलमा उपचार भईरहेको छ । घाईतेहरूको सम्पुर्ण उपचार सरकारले गर्ने निर्णय यसअघिनै सरकारले गरिसकेको छ।

प्रतिकृया दिनुहोस

दशैं अगाढी अग्रिम टिकट बुकिङ खुला नगर्ने यातायात व्यवसायीको अडान

काठमान्डौ , असोज ०५ । दशैं अगाढी अग्रिम टिकट बुकिङ भोलिदेखि नगर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले घोषणा गरेको छ । सरकारले पेट्रोलियम

संविधान जारी भएपछि जनताका असिमित चाहना र आंकाक्षा अनुरुप काम गर्न सकिएन - मुख्यमन्त्री भट्ट

धनगढी , असोज ३ ।  संविधान जारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा बुधबार प्रदेश नं.७ मा भब्य रुपमा संविधान दिवस मनाइएको छ  ।

पश्चिम सेती जलविद्युत आयोजनामा चिनियाँ कम्पनीसँग भएको सरकारको सम्झौता खारेज

काठमान्डौ , असोज ०३ । सरकारले ७ सय ५० मेगावाटको पश्चिम सेती जलाशय जलविद्युत आयोजनामा चिनियाँ कम्पनीसँग भएको सम्झौता खारेज गरेको छ । निर्माण गर्न