गोदावरी एफ .एमको आयोजनामा भएको छमछमी तिज कार्यक्रमका सहभागीहरुले भने - आजैबाट महिलाहिँशा बिरुद्ध आवाज उठाउने छौं

अत्तरिया ,भाद्र २६ । 
गोदावरी एफ एमको आयोजनामा छमछमी तिज भाग ४ सम्पन भएको छ । कार्यक्रम की प्रमुख अतिथी प्रदेश साँसद चुनुकुमारी चौधरीले कार्यक्रममा सहभागी सबैलाई " म र हामी आज देखी महिलामाथि हुने सबैखाले  हिँशा बिरुद्ध आवाज उठाउने छौ "भन्दै सामुहिक प्रतिबद्धता जनाएर कार्यक्रमको उदघाटन गरिएको थियो । एफ एम का प्रबन्ध निर्देशक गोबिन्द रोस्याराको सभापतित्वमा भएको कार्यक्रम बोल्दै साँसद चौधरीले दिन प्रती दिन महिला माथि हुने हिँशा बढदै जानु चिन्ताजनक रहेको बताईन । "सभ्य समाजको लागी महिला माथि हुने हिँशा स्विकार्य हुँदैन", चौधरीले भनिन् -" आजै देखी महिला माथि हुने हिँशा रोक्न सबै एकजुट बनौ "। गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले एफ एम आयोजना गरेको तिज कार्यक्रमले गतिलो सन्देश दिएको बताईन् । उनले तिजलाई भड्किलो नबनाउन सबैलाई आग्रह गरिन ।  उनले महिला हिँशा रोक्न नगरपालिकाले पनि योजना बनाएर अगाडी बढने बताईन । कार्यक्रममा बोल्दै वडा २ नम्बर का वडा अध्यक्ष कृष्णराज जोशीले पछिल्ला दिनहरुमा तिज भड्किलो बन्दै गएकोमा चिन्ता ब्यक्त गरे । उनले भने - आफुलाई दु:ख नहुने गरी दर खानुहोला तर दर खाने नाउमा अश्वस्थ हुने गरी अरुको देखासिकी गरेर नखानुहोला । ॐ शान्ती अत्तरियाकी प्रमुख सन्चालिका रबिना दिदीले तिज पर्बलाई सभ्य रुपमा मनाउन आग्र्ह गरिन् । उनले महिला माथि हुने हिँशामा महिलाको पनि कतै हात रहेको छैन भनी प्रती प्रश्न गारिन् । उनले समाजमा यस्ता घटना दिन प्रती दिन बढदै जानु दु:खद रहेको बताईन । कार्यक्रममा सहभागी सबैलाई एफ एमका प्रबन्ध निर्देशक रोस्याराले धन्यबाद दिए । मंगलबार दिनभर चलेको कार्यक्रममा बिभिन्न आमा समुहबाट सहभागी महिलाहरुले तिजका गितहरुमा नाचगान गरेर रमाइलो गरेको थिए ।   

  

प्रतिकृया दिनुहोस

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका निबर्तमान केन्द्रीय अध्यक्ष शर्माको भब्य स्वागत

धनगढी , पुस २८ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निबर्तमान केन्द्रीय अध्यक्ष चर्चित लोक दोहोरी गायक चन्द्र शर्मालाई आज धनगढीमा भब्य

विन्दास म्यूजिक आवार्ड हुने

धनगढी,पुस २२ ।  गत वर्षझै यस वर्ष पनि विन्दास म्यूजिक आवार्ड हुने भएको छ । अगामी चैत्र १ र २ गते धनगढीमा 'नेपाल आईस विन्दास म्यूजिक आवार्ड २०७६' हुने