नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैठक - प्रदेश र जिल्ला कमिटी गठनको नयाँ मापदण्ड पेश

काठमान्डौ , भदौ २८ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैठकमा प्रदेश र जिल्ला कमिटी गठनको नयाँ मापदण्ड पेश भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकमा महासचिव विष्णु पौडेलले वरिष्ठता र योग्यतालाई आधार बनाइने लगायतका मापदण्ड पेश गरेका हुन् । मापदण्ड अध्ययनका लागि सचिवालय सदस्यहरुलाई दिइएको छ र आजको बैठक अन्तिम रुप दिनेछ । आज दिउसो ३ बजे बस्ने बैठकले मापदण्डलाई अन्तिम रुप दिनुका साथै प्रदेश कमिटी गठन गर्ने एक नेताले जानकारी दिए । नेताहरुका अनुसार प्रदेश अध्यक्ष र सचिव तथा इन्चार्ज र सहइन्चार्ज तोक्नुअघि तत्कालीन एमाले र माओवादीले कुनकुन प्रदेशमा कुन पद लिने भन्ने टुंगो लगाइनेछ । ‘अहिले कार्यदलले जसरी सिफारिस गरेको छु, त्यो स्वीकार गर्ने अवस्था छैन’ एक नेताले भने, ‘मापदण्ड तोक्छौं र त्यसअनुसार भए नभएको हेर्छौं ।’ अनलाईन खबरवाट साभार

 

प्रतिकृया दिनुहोस

दशैं अगाढी अग्रिम टिकट बुकिङ खुला नगर्ने यातायात व्यवसायीको अडान

काठमान्डौ , असोज ०५ । दशैं अगाढी अग्रिम टिकट बुकिङ भोलिदेखि नगर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले घोषणा गरेको छ । सरकारले पेट्रोलियम

संविधान जारी भएपछि जनताका असिमित चाहना र आंकाक्षा अनुरुप काम गर्न सकिएन - मुख्यमन्त्री भट्ट

धनगढी , असोज ३ ।  संविधान जारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा बुधबार प्रदेश नं.७ मा भब्य रुपमा संविधान दिवस मनाइएको छ  ।

पश्चिम सेती जलविद्युत आयोजनामा चिनियाँ कम्पनीसँग भएको सरकारको सम्झौता खारेज

काठमान्डौ , असोज ०३ । सरकारले ७ सय ५० मेगावाटको पश्चिम सेती जलाशय जलविद्युत आयोजनामा चिनियाँ कम्पनीसँग भएको सम्झौता खारेज गरेको छ । निर्माण गर्न