डोटीको जोरायलमा बस दुर्घटना २४ जना घाइते , ४ जनाको अबस्था गम्भिर (नाम सहित )

अत्तरिया , भदौ २८ ।
डोटीको जोरायलमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । दार्चुलाबाट महेन्द्रनगरका लागि आउदै गरेको ना ५ ख ९११४ नम्बरको यात्रुबाहक बस भिमदत्त राजमार्ग अन्तर्गत जोरायल गाउँपालिका– २, रुवसकाँडामा आज बिहान ३ बजे दुर्घटनामा परेको हो । प्रदेश ७ ट्राफिक प्रहरी कार्यालय अत्तरियाले दिएको जानकारी अनुसार घाईते २४ मध्ये ४ जनाको अबस्था गम्भिर रहेको  छ । गम्भिर घाईते हुनेहरुमा कंचनपुरको कृष्णपुर २ बस्ने बर्ष ३४ का बस चालक पदम पन्त  , दार्चुला मार्मा  १ बस्ने बर्ष ३८ का अम्मर ठगुन्ना ,  कंचनपुरको कृष्णपुर ३ बस्ने बर्ष ३४ का गंगा दत्त जोशी ,  कंचनपुरको भि.न.पा. १४ बस्ने बर्ष ३० का देब राज जोशी रहेको प्रहरीले जनाएको छ ।

 

समान्य घाईते हुनेमा जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत ३६ बर्षका हेम राज भट्ट , बैतडी देहीमाण्डौ ३ बस्ने बर्ष ३० का मदन भण्डारी , गुल्मी हात्तिचौर गा.पा. १ बस्ने बर्ष ४६ का कृष्ण कुवँर , दार्चुला मालिकार्जुन ७ बस्ने बर्ष २३ का दिनेश राज जोशी , कंचनपुर शुक्लाफाँटा ५ बस्ने बर्ष १८ का आशिस बोहरा , कंचनपुर कृष्णपुर  ८ बस्ने बर्ष २२ का नरेन्द्र कुवर , दार्चुला दुहु बस्ने बर्ष ५५ का कलावली बोहरा , जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी जवान भोजराज अवस्थी , कंचनपुर सुडा ८ बस्ने बर्ष  २५ की उर्मिला बोहरा , दार्चुला नैगाड २ बस्ने बर्ष २३ का मदन डडाल , कंचनपुर बेदकोट ६ बस्ने बर्ष २८ का जय सिह भण्डारी , कंचनपुर बेदकोट १ बस्ने बर्ष १७ का बिरेन्द्र भण्डारी , सुर्खेत बि.न.पा. ३ बस्ने बर्ष २४ का प्रदिप सुनार , कंचनपुर सुडा बस्ने बर्ष ७ को सिजन महरा ,  कंचनपुर बेल्डाडी बस्ने बर्ष २७ का महेश सिह धामी ,  दार्चुला मा.न.पा.  ९ बस्ने बर्ष ३१ का अकबर सामान्त , कंचनपुर बेदकोट १० बस्ने बर्ष ३० का हर्क सिह भण्डारी , कंचनपुर कृष्णपुर  ७ बस्ने बर्ष ३३ का दिलिप ताम्राकार , कंचनपुर सुडा ८ बस्ने बर्ष २५ का बिरेन्द्र बोहरा , दार्चुला मालिकार्जुन ७ बस्ने दिनेश राज अवस्थि रहेका छन् । घाईतेहरुको बिभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ । दार्चुलाबाट महेन्द्रनगरका लागी हिडेको उक्त बस एक्कासी अनियन्त्रित भई सडक बाट करिब १०० मि तल खसेको ट्राफिक प्रहरी अत्तरियाले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

गोदावरी -३ चौकीडाँडामा बाईक दुर्घटना हुँदा एक युवकको मृत्यू

अत्तरिया ,कार्तिक ३ ।  कैलालीको गोदावरी  नगरपालीका –३ चौकीडाँडामा मोटरसाइकल दुर्घटना परि शुक्रबार एक युवकको मृत्यू भएको छ । दुर्घटनामा परि

बडादशैं - आज पनि टिका आशिर्वाद ग्रहणको क्रम चल्दै

अत्तरिया ,कार्तिक ३ ।  हिजो विजया दशमीको टिकाको दिन । नवदुर्गा भवानीको प्रसाद स्वरुप सबैले श्रद्धा भक्तिका साथ टिका र जमरा लगाउदै हर्षोल्लासपुर्वक

दसैंको मुख्य दिन आज मान्यजनबाट टीका, जमरा ग्रहण गरिदै

अत्तरिया , कात्तिक ०२ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयका रुपमा मनाइने दशै पर्व अन्तर्गतको आज विजयादशमी । आजको दिनलाई दसैंको