निर्मला पन्तको हत्याबारे सरकारको जवाफ माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध

काठमाण्डौ ,भाद्र २८ । 
प्रमुख प्रतिपक्षी दल नेपाली  कांग्रेसले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याबारे सरकारको जवाफ माग गर्दै आजको  प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ ।कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटना दिन प्रती दिन  बढी जटिल र रहस्यमय बन्दै गएकोले  बास्तविक अपराधी तर्फ अनुसन्धान केन्द्रित नभएको भन्दै  कांग्रेसले त्यसबारे सरकारको जवाफ माग गरेको हो । बैठकमा कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले निर्मला पन्तको बलात्कार पछिको हत्याको घटनाबारे सदनलाई जानकारी नगराएसम्म सदन चल्न नसक्ने बताएका छन् । उनले अनुसन्धान मार्फत बास्तविक दोषि पत्ता लगाउन तर्फ भन्दा समग्र राज्य संयन्त्र नै बास्तविकता ढाकछोप गर्न केन्द्रीत रहेको देखिएको बताए  । यस घटनाले राज्य संरक्षित अपराधको स्वरुप लिन थालेको आभास जनताले गर्न थालेका उनको आरोप छ । घटनाबारे सरकारको जवाफ माग गर्दै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएपछि सभामुखले बैठक १० मिनेटका लागि स्थगित गरेका थिए ।

प्रतिकृया दिनुहोस

डा. गोविन्द केसीको मागप्रति समर्थन जनाउँदै काठमाडौँमा प्रदर्शन

काठमाडौँ ,माघ ५ ।   चिकित्शा क्षेत्र को  सुधारको माग राख्दै १६ औँ पटक अनशनमा रहेका डा. गोविन्द केसीको मागप्रति समर्थन जनाउँदै काठमाडौँमा प्रदर्शन

डा .गोविन्द केसीको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

काठमाडौं,माघ ४ ।    इलाममा १० दिनदेखि आमरण अनसनरत डा गोविन्द केसीलाई आज बिहान ३ बजे त्रिवि शिक्षण अस्पतालमा ल्याइएको छ। उँहाको  स्वास्थ्य अवस्था

नयाँ सरकारी मर्यादाक्रम सार्वजनिक:नगरपालिकाका प्रमुख १४ औं र गाउँपालिकाका प्रमुख १५ औं नम्बरमा

काठमाडौं, पुस २६  ।  सरकारले नयाँ सरकारी मर्यादाक्रम सार्वजनिक गरेको छ। नयाँ मर्यादाक्रम अनुसार  जनप्रतिनिधिलाई कर्मचारीभन्दा माथि राखिएको छ