चित्र बाहादुर केसीले भने - शक्तीशाली पार्टीको दुई तिहाईको सरकारले टुपी देखी पैतला सम्म्मको बल लगाएर खोज्दा पनी एउटा बलत्कारी समात्न नसक्ने , अनी देश बन्छ यस्तै पाराले बन्छ'

धनगढी ,भाद्र २८ । 
राष्टिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले संघियता खारेज गर्न माग गरेका छन्  ।  बिहीवार धनगढीमा सो पार्टीका केन्द्रिय सदस्य मनोज भट्ट का बुवा नन्दलाल भट्ट को श्रद्धान्जली कार्यक्रमलाई  सम्बोधन गर्दै  केसीले यस्तो माग गरेका हुन् ।  केसीले शुरुमा आफुले संघियताको बिरोध गर्दा बिरोध नगर्नको लागी  करौड पैसाको अफर देखी ज्यान मार्ने धम्की सम्मको आएको बताए  ।

 

"नेपालमा संघियता लागु भएको ४/५  महिना भएको छ , यसलाई जनताले बुझ्दै छन् हेर्दै जानुस " केसीले भने - "एउटा नेपाल चलाउन  नसक्नेले सात सातवटा प्रदेश चलाऊँन सक्छन अब नेपाली जनताले महशुह गर्या छन्" । उनले  अहिलेसम्म प्रदेशको नामकरण हुन नसकेको ,केन्द्र र प्रदेशको बिचमा लंडाई शुरु भईसकेकोले अब झन संघियताको मुद्धा पेचिलो बन्दै जाने बताए। नेपालको अर्थतन्त्र रेमिट्यान्सको भरमा चलेको हुँदा यो ब्यबस्था चल्नै नसक्ने उनको  जिकिर छ ।  संघियताको शुरु देखी बिरोध गर्दै आएका केसीले आफुले बुझेर नै बिरोध गरेको बताए  । उनले  स्थानिय सरकारहरुले अनाबश्यक कर लगाएको प्रती अपत्ती जनाए  । जनप्रतीनिधी पाल्ने नाउमा कर बढाउने काम अहिलेको ब्यबस्थाले गरेकोले यो ब्यबस्थाले पार नलाउने उनको भनाई छ । "नेपालको समर्द्धी  र नेपालीको एकताको लागी यो भारी बोकाएको होइन ", उनले भने - "अधिकार र पैसा तल सम्म दिउं बिचमा प्रदेश किन चाहियो ,कसरी धान छ नेपाली जनताले" । केसीले संघिय प्रणाली नेपालको लागी उपयुक्त नभएको बताए  । उनले  संघियताका बिरुद्धमा जनमत बढदै गएकोले अहिले यो सबैको लागी घांणो  भएको बताए ।

 

सरकार प्रती आक्रामक देखिएका केसीले सरकारले लगाएको समर्द्धीको नारा राणाहरु र पञ्चायतीहरुले पनि आफ्नै समर्द्धीको लागी लगाएको नारा जस्तो भएको जिकिर गरे । केसीले सरकार शान्ती  सुरक्षाको बिषयमा गम्भिर नभएको आरोप लगाए । उनले  निर्मला पन्तका हत्यारालाई सरकारले कार्बाही अहिले सम्म गर्न नसक्नुले सरकारको अबस्था के छ भन्ने सजिलै थाहा हुने बताए । "बलत्कारीहरु कति  शक्तीशाली रहेछन् भन्नुस ", उनले भने - "शक्तीशाली पार्टीको दुई तिहाईको सरकार , त्यात्राो सरकारले टुपी देखी पैतला सम्म्मको बल लगाएर पनि खोज्दा एउटा बलत्कारी समात्न नसक्ने ,अनी देश बन्छ यस्तै हो भने" ।        

प्रतिकृया दिनुहोस

गोदावरीमा पुस ३० गते राति मृत फेला परेका जोगराज टमटाको शव ६ दिन सम्म पनि आफन्तले बुझेनन्

अत्तरिया , माघ ०६ । कैलालीको गोदावरीमा यहि पुस ३० गते राति मृत फेला परेका गोदावरी नगरपालिका वडा नम्बर १० बस्ने ५२ बर्षिय जोगराज टमटाको शव अझै सम्म पनि

टमटाको शव ६ दिन सम्म पनि आफन्तले बुझेनन्

अत्तरिया , माघ ०६ । कैलालीको गोदावरीमा यहि पुस ३० गते राति मृत फेला परेका गोदावरी नगरपालिका वडा नम्बर १० बस्ने ५२ बर्षिय जोगराज टमटाको शव अझै सम्म पनि

अत्तरियामा चक्कु प्रहारवाट एक जनाको हत्या , दुई जना घाईते

अत्तरिया, माघ ०५ । कैलालीको अत्तरियामा चक्कु प्रहारवाट एक जनाको हत्या गरिएको छ । आज साझ दुई समुह बिच भएको आपसी झगडाका क्रममा एक जना अज्ञात ब्यक्तिको