निर्मला प्रकरण - एसपी डिल्लीराज विष्ट सहित उनका छोरा र मेयरका भतिजाको पनि डीएनए परीक्षण थालियो

काठमाण्डौ ,भाद्र २८ । 
 
निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा थप अनुसन्धान शुरु भएको छ ।  जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टको पनि डीएनए परीक्षण थालिएको छ ।त्रिवि शिक्षण अस्पतालको  ल्याबमा विष्टको डीएनए परीक्षण थालिएको हो ।  विष्टको डीएनए परीक्षणका लागि बिहान रगतको स्याम्पल लिईएको छ । विष्टलार्इ प्रहरी प्रधान कार्यालयले निलम्बन गरिसकेको छ । घटनाले उग्ररुप लिएपछि सरकारले  कञ्चनपुर प्रहरी प्रमुख बिष्टलाई हटाएर एसपी कुवेरसिंह कडायतलाई पठाएका थिए। विष्टका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुश को पनि डीएनए परीक्षण गर्ने तयारी थालिएको  छ ।आयुष भिमदत्त नगरपालिकाका  सुरेन्द्र बिष्टका भतिजाका  साथै नेपाली कांग्रेस महासमिति सदस्य भुपेन्द्र विष्टका छोरा पनि हुन् ।  यसअघि प्रहरीले मुख्य अभियुक्तको रुपमा सार्वजनिक गरेको दिलिपसिंह विष्टको डिएनए रिपोर्ट नेगेटिभ आएपछि उनी छुटेका छन् ।साउन १० गते रोशनीको घर गएकी पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो । 

प्रतिकृया दिनुहोस

कैलालीको बर्दगोरियामा एम्बुलेन्सको ठक्करबाट ३ जना घाइते

गोविन्द बीसी ,कार्तिक २८ बौनिया कैलालीको बर्दगोरिया गाउँपालिका-१ कट्टीपुरमा एम्बुलेन्सको ठक्करबाट ३ जना घाइते भएका छन् ।  बिरामी बोकेर

छुट्टाछुटै दुर्घटनामा परी कैलाली र डोटीमा दुई बालकको ज्यान गयो

कैलाली , कात्तिक २८ । कैलाली र डोटीमा भएको छुट्टाछुटै दुर्घटनामा परी दुई बालकको ज्यान गएको छ । कैलालीको टीकापुरमा ट्याक्टरको ठक्करवाट र डोटीमा

सासंद प्रेम आलेमगरलाई गृहजिल्लामै कालोझण्डा

डोटी , कात्तिक २९ । नेकपाका नेता एबम् प्रतिनिधि सभा सासंद प्रमे बहादुर आलेमगरलाई उनकै गृह जिल्लामा कालो झण्डा देखाइएको छ । मड्गलवार जिल्ला समन्बय