आमासंगै सुतेकी ९ महिने शिशुको अपहरण पश्चात सकुशल उद्धार

फाईल फोटो

कञ्चनपुर , भदौ २९ ।
कञ्चनपुरमा केही समय यता सामाजिक अपराधका घटनाहरुमा वृद्धि भइ रहेका छन् । कञ्चनपुरको पुनर्वास नगरपालिका–५ का बेलुदेवी बिष्टका नौ महिने छोरी सरस्वतीलाई चोरीएको सात घण्टापछि प्रहरीले फेला पारेको छ । सोहि नगरपालिका–८ ‘क’ गाँउमा तीज मनाउन माईती आएका बेला आमासँंगै राति सुतेकी सरस्वतीलाई अज्ञात महिलाले मध्यराति १ बजेको समयमा चोरेर लगेका हुन् ।

 

शिशु चोरी भएको खबर पाउनासाथ स्थानीय बासिन्दाले तत्काल प्रहरीलाई खबर गरेका थिए । प्रहरी र स्थानीय बासिन्दाले खोजतलास गर्दा माईती घरभन्दा डेढ किलोमिटर टाढा धान खेतमा रुँदै गरेको अवस्थामा बालिका फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए । “नगरपालिकाका नगर प्रमुख जीवन थापासहितको उपस्थितिमा शिशुलाई उनका आफन्तकोमा जिम्मा लगाइएको उनले बताए । शिशुको शरीरमा स–साना फोका देखा परेपछि उपचारका लागि उनलाई सेती अञ्चल अस्पतालमा पठाइएको र त्यहाँबाट शिशुलाई बाल कान्ती अस्पताल काठमाडौँमा लग्ने कुरा बुझिएको प्रहरी उपरीक्षक कडायतले बताए । शिशु चोरी गर्नेको खोजतलास जारी रहेको पनि उनले बताए । रासस

 

प्रतिकृया दिनुहोस

कैलालीको बर्दगोरियामा एम्बुलेन्सको ठक्करबाट ३ जना घाइते

गोविन्द बीसी ,कार्तिक २८ बौनिया कैलालीको बर्दगोरिया गाउँपालिका-१ कट्टीपुरमा एम्बुलेन्सको ठक्करबाट ३ जना घाइते भएका छन् ।  बिरामी बोकेर

छुट्टाछुटै दुर्घटनामा परी कैलाली र डोटीमा दुई बालकको ज्यान गयो

कैलाली , कात्तिक २८ । कैलाली र डोटीमा भएको छुट्टाछुटै दुर्घटनामा परी दुई बालकको ज्यान गएको छ । कैलालीको टीकापुरमा ट्याक्टरको ठक्करवाट र डोटीमा

सासंद प्रेम आलेमगरलाई गृहजिल्लामै कालोझण्डा

डोटी , कात्तिक २९ । नेकपाका नेता एबम् प्रतिनिधि सभा सासंद प्रमे बहादुर आलेमगरलाई उनकै गृह जिल्लामा कालो झण्डा देखाइएको छ । मड्गलवार जिल्ला समन्बय