बैतडीमा आत्महत्या गर्नेको संख्या हरेक वर्ष बढ्दै

बैतडी , भदौ २९ ।
प्रदेश नं ७ को पाहाडी जिल्ला बैतडी जिल्लामा गएको चार वर्षमा ११५ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसार यस जिल्लामा आत्महत्या गर्नेको संख्या हरेक वर्ष क्रमिक रुपले बढ्दै गएको छ । आर्थिक वर्ष २०७१÷७२ मा १६ जनाले आत्महत्या गरेकामा आव २०७२÷७३ मा यो संख्या बढेर २९ जना पुग्यो । आव २०७३÷७४ मा यो संख्या अझै बढेर ३६ पुग्यो । गत आवमा ३१ जनाले आत्महत्या गरेको तथ्याँक छ । जिप्रकाका प्रहरी प्रवक्ता कान्तिराज जोशीका अनुसार चालु आवको आजको दिनसम्म ३ जनाले आत्महत्या गरी मृत्युवरण गरेका छन् ।

 

बैतडीमा आत्महत्या गर्नेको संख्या डरलाग्दो देखिएकाले सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने खाँचो रहेको विज्ञहरु बताउँछन् । बैतडीका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैह्रेले आत्महत्या मानसिक असन्तुलनको उपज भएकाले यसको रोकथामका लागि परिवारको सहयोग जरुरी हुने बताए । आत्महत्याका घटना बढ्नु जानाका मुख्य कारण तनाव भएको मनोविज्ञान सम्प्रदाय नेपाल (टिपस)का डा नरेन्द्र ठगुन्ना बताए । आत्महत्याको घटनामा कमी ल्याउन विद्यालयस्तरदेखि नै मनोशिक्षाको अध्यापन गराउनुपर्ने उनको भनाई छ । टिपसका अनुसार देशभर आव २०७४÷७५ मा ५ हजार ३४६ जनाले आत्महत्या गरेका थिए । रासस

 

प्रतिकृया दिनुहोस

गोदावरी एफ एमका समाचार प्रमुख हेम राज भट्टले बेसाहाराहरुको साहारा घरमा मनाए आफ्नो जन्म दिन

अत्तरिया , असोज ०५ । कैलालीको अत्तरियामा लामो समयदेखी बिभिन्न क्षेत्रमा कलम चलाउदै आएका पत्रकार हेमराज भट्टले आज आफ्नो जन्मदिन बेसाहाराहरुको माझ

कञ्चनपुरमा ७ वर्षीया बालिकालाइ बलत्कार गरेको आरोपमा १० वर्षीय बालक पक्राउ

कञ्चनपुर , असोज ०५ । स्कूलको कक्षाकोठामै बलात्कार गरेको आरोपमा कञ्चनपुरको कृष्णपुर नगरपालिकाका एक बालकलाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुरको

जोशीपुरका व्यापारीको हत्यामा संलग्न तीन जना पक्राउ , प्रहरीद्धारा सार्वजनिक

धनगढी , असोज ०४ । गत भदौ २८ गते राती कैलालीको जोशीपुरमा भएको व्यापारीको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ परेका तिनै जनालाई