स्थानिय सरोकारवालाले भने - "अत्तरिया बजारको सरसफाई सधैं सेना पुलिसले गरेर हुँदैन, ब्यबसायीहरुले पनि गर्नु पर्‍यो"

अत्तरिया ,भाद्र २९ । 
अत्तरिया बजारको सरसफाई कमजोर बन्दै गएको भन्दै स्थानियले चिन्ता ब्यक्त गरेका छन् । आज गोदावरी  नगरपालिकाले आयोजना गरेको एक  कार्यक्रममा बोल्दै सहभागीहरुले यस्तो चिन्ता ब्यक्त गरेका हुन् । सात नम्बर प्रदेशको केन्द्रमा रहेको बजार दिनानुदिन कुरुप बन्दै गएको भन्दै स्थानियले नगरपालिकाले बिषेश ध्यान दिनु पर्नेमा जोड दिएका छन् । अत्तरिया उधोग बाणिज्य संघका बरिष्ट उपाध्यक्ष दुर्गा प्रसाईले बिगतमा संघले सरसफाई  गर्दा राम्रो भएको भए पनि  अहिले सरसफाई हुन नसकेको आरोप लगाए । उनले भने - चोक आसपासमा रहेका  सडक लाइटका बत्तीहरु पनि  नबल्दा रातीको समयमा स्थानियलाई आवतजावतमा समस्या हुन थाल्यो। अत्तरिया खानेपानी संस्थाका अध्यक्ष टिका दत्त जोशीले बिगतमा सरसाफाई गरिरहेको संस्था उधोग बाणीज्य संघ सँग समन्वय नगरी नै अर्को संस्थालाई दिनु उचित नभएको बताए । कार्यक्रममा बोल्दै पद्मा अस्पातल का निर्देशक डा नर बाहदुर मौनीले एक दिन मात्रै सरसफाई गरेर मात्रै नहुने बताए  । उनले  बजारको सरसफाइ गर्न ब्यबसायीहरु स्वय लाग्नु पर्नेमा जोड दिए  । नेपाली कांग्रेसका गोदावरी नगर सचिब तेज खड्काले बजारको सरसफाइ सधैं सेना प्रहरीले मात्रै गरेर नहुने धारणा राखे। उनले नगरपालिकाले टेण्डर खोलेर जुन संस्थालाई सरसफाईको जिम्मा दिएको छ उसले नै बढी ध्यान दिनु पर्ने बताए  । कार्यक्रममा बोल्दै नेकपाका नेता मान बाहादुर रावलले बजारको सरसफाईमा नगरपालिकाले बिषेश ध्यान दिनुपर्नेमा जोड दिए । उनले ले अहिले भईरहेको सरसफाईबाट स्थानिय सन्तुष्ट बन्न नसकेको हुँदा अबका दिनमा स्थानिय सरकारले नै पहल गर्नु पर्ने बताए  । गोदावरी नगरपालिकाका प्रमुख हरि सिंह सांवदले नगरपालिकाले बजारको सरसफाईको जिम्मा मात्रिभुमी समाज नामक संस्थाले दिएको हुँदा उक्त संस्थालाई ध्यान दिन निर्देशन दिने बताए । उनले  सरसाफाई जस्तो कुरामा स्थानिय सबैले सहयोग गर्नु पर्नेमा जोड दिए  ।      

प्रतिकृया दिनुहोस

प्रवासमा रहेका पाललाई मुटुको भल्व फेर्नु आर्थिक सहयोग

अत्तरिया , माघ ०६ । कामको सिलसिलामा प्रवासमा रहेको बझाङका हेमन्त बहादुर पाललाई मुटुको भल्व फेर्नु सहयोग स्वरुप आर्थिक सहयोग उपलब्ध गराइएको छ । कामको

निर्माणाधिन बृहत मष्टधामको शुभारम्भ

अत्तरिया , माघ ०६ । कैलालीको गोदावरी नगरपालीका वडा नं. ४ बन्दगडामा बृहत मष्टधामको निर्माणको शुुभारम्भ गरिएको छ । शनिवार एक कार्यक्रमका बिच गोदावरी

सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनल आज

धनगढी , माघ ०५ । धनगढीमा जारी सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनल खेल आज हुदैछ , तेस्रो नेपाल आइस अन्तर्रा्ष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा