कैलालीमा एक ब्यक्ती मृत भेटिए

फोटो -पत्रकार पदम बोहोराको फेसबुकबाट

कैलाली ,भाद्र २९ । 
कैलालीमा एक ब्यक्ती मृत  भेटिएका छन् । जिल्लाको जोशीपुर गाउँपालिका-१ का रामप्रसाद जैशी मृत भेटिएका हुन्  । हरितालिका तीज मनाउन श्रीमती माइत गएको समयमा ३७ वर्षीय जैशीको हत्या भएको हुन सक्ने स्थानियले  आशंका गरेका छन्  । जैशीकी श्रीमती दुई छोरासहित तीज मनाउन टीकापुर गएका थिए । जोशीपुर बजारमा किराना पसल चलाउँदै आएका जैशीको बिहीवार राति घरमै हत्या भएको हुन सक्ने  इलाका प्रहरी कार्यालय भजनीले जानकारी दिएको छ। मृत्यु शंकास्पद भएकाले छानबिन सुरु गरेको इलाका प्रहरी कार्यालय भजनीका प्रमुख प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले  जानकारी दिए । बिहान सबेरै खुल्ने पसल ९ बजेसम्म पनि नखुलेपछि घरमा गएर हेर्दा जैशी मृत्य अवस्थामा भेटिएको स्थानीय पदम बोहराले जानकारी दिए । जैशीको हत्या भएको भन्दै आज  जोशीपुर बजारका व्यापारीले विरोधस्वरुप बजार बन्द गरेका छन्। व्यापारी जैशीको हत्या भएको भन्दै उनीहरुले हत्यारा पत्ता लगाउन माग गर्दै बजार बन्द गरेका हुन्।

प्रतिकृया दिनुहोस

डडेलधुरामा जिप दुर्घटना हुँदा दुईको घटनास्थल मै मृत्यु

डडेल्धुरा ,मंसिर १ ।   डडेल्धुरा भागेश्वर गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य १५ जना घाइते भएका छन् । म १ झ

छोरीको न्यायका लागि निर्मलाका आमावुवाको अनिश्चितकालिकन धर्ना जारी ( फोटो फिचर)

अत्तरिया ,मङ्सिर ०१ । छोरीको हत्या भएको तिन महिना बितिसक्दा समेत सरकारले हत्यारा पक्राउ गर्न नसकेको भन्दै निर्मला पन्त आमा बुवा ६ दिनदेखी

धनगढीमा गएराति एक युवकको हत्या

धनगढी , मंङ्सिर ०१ । पछिल्लो समय सुदुरपश्चिम प्रदेशमा हत्या , हिंसा , लुटपाट , कुटपिट र बलत्कार सम्बन्धि अपराधिक घटनाहरु बढ्दै गैरहेका छन् । गएराति