निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धानमा सरकार गम्भीरताका साथ गरिरहेको छ -गृहमन्त्री थापा

काठमाण्डौ ,भाद्र २९ । 
गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धानमा सरकार गम्भीरताका साथ लागिरहेको बताएका छन् । शुक्रबार राष्ट्रियसभाको बैठकमा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै उनले अपराधी छिटै कानुनको कठघरामा आउने बताए । सरकारले उक्त घटनाको अनुसन्धानका लागि विभिन्न समिति गठन गरी पठाएको बताउँदै उनले भने, ‘उच्चस्तरीय छानबिन समिति गठन भएको र प्रहरीको तर्फबाट पनि छानबिन तथा अनुसन्धान समिति पठाइएको छ । प्रतिवेदन तयार हुने अन्तिम चरणमा रहेको छ। सदनले पनि गम्भीर चासो देखाएको र दोषीहरूलाई कानुनको दायरामा ल्याउन गृह मन्त्रालय प्रतिवद्ध छ ।’ राष्ट्रियसभामा बोल्दै उनले यसअघि आफूले प्रहरीले पक्राउ गरेका दीलिपसिंह बिष्ट नै दोषी हुन भनेर नभनेको जनाए । उनले गृह मन्त्रालयले भदौ ७ गते गठन गरेको उच्चस्तरीय छानबिन समितिले निर्मला पन्त बलात्कार तथा हत्यामा संलग्न को हुन र अनुसन्धानको क्रममा क–कसले लापरबाही गरे भन्ने बारेमा समेत अनुसन्धान गरिरहेको बताए। त्यस्तै, गृहमन्त्रीले बाँकेका राममनोहर यादवको मृत्यु चोटपटकले नभएको पोस्टमार्टम रिपोर्ट आएको जानकारी दिए । उनले भने, ‘प्रहरी हिरासतमा रहेका बेला मृत्यु भएका बाँकेका राममनोहरको मृत्यु चोटपटकले नभई रोगले भएको पोष्टमर्टम रिपोर्ट आएको छ ।’ उनका अनुसार हिरासतमा रहेका यादव एक्कासी बिरामी भएपछि सुरूमा बर्दिया जिल्ला अस्पताल त्यसपछि भेरी अञ्चल  अस्पताल र मेडिकल कलेज कोहलपुरमा ल्याइएको थियो । त्यहाँ उपचार हुनसकेपछि स्वास्थ्यकर्मीको टोलीसँगै उनलाई काठमाडौं ल्याइएको थापाले जानकारी दिए। 

प्रतिकृया दिनुहोस

दशैं अगाढी अग्रिम टिकट बुकिङ खुला नगर्ने यातायात व्यवसायीको अडान

काठमान्डौ , असोज ०५ । दशैं अगाढी अग्रिम टिकट बुकिङ भोलिदेखि नगर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले घोषणा गरेको छ । सरकारले पेट्रोलियम

संविधान जारी भएपछि जनताका असिमित चाहना र आंकाक्षा अनुरुप काम गर्न सकिएन - मुख्यमन्त्री भट्ट

धनगढी , असोज ३ ।  संविधान जारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा बुधबार प्रदेश नं.७ मा भब्य रुपमा संविधान दिवस मनाइएको छ  ।

पश्चिम सेती जलविद्युत आयोजनामा चिनियाँ कम्पनीसँग भएको सरकारको सम्झौता खारेज

काठमान्डौ , असोज ०३ । सरकारले ७ सय ५० मेगावाटको पश्चिम सेती जलाशय जलविद्युत आयोजनामा चिनियाँ कम्पनीसँग भएको सम्झौता खारेज गरेको छ । निर्माण गर्न