धनगढी- राजघाट जोड्ने मोहना पुल समय मै नबनाउने ठेकेदार कम्पनीलाई छिटो काम सक्न मुख्यमन्त्री भट्टको कडा निर्देशन

धनगढी ,भाद्र २९ । 
धनगढी- राजघाट जोड्ने मोहना नदीको पुल साढे चार वर्ष सम्म अधुरै रहेको जन गुनासो बढेपछि प्रदेश सातका मुख्यमन्त्री त्रोलोचन भट्टले पुलको निर्माण स्थलको निरिक्षण गर्नु भएको छ । निरिक्षणका क्रममा उनले काम समयमा नै नसक्ने ठेकेदार कम्पनीलाई कडा निर्देशन दिनु भएको छ । भौतिक योजना मन्त्री पठान सिं बोहोरा सँगै राजघाट पुगेका मुख्यमन्त्री  भट्टले काममा चरम लापरबाही देखेकोले  छिटो काम सक्न निर्देशन दिनु भएको  मुख्यमन्त्रीको सचिबालयले जनाएको छ ।    तीन वर्षमा काम सक्ने गरी २०७१ सालमा निर्माणको जिम्मा लिएको केएस एडभेन्चर जेभीले साढे चार वर्ष सम्म पनि उक्त पुल निर्माण गर्न सकेको छैन ।  चन्द्र शेखर मल्ल सञ्चालक रहेको केएस एडभेन्चर जेभीले तीन वर्षे अवधी लिएर २०७१ सालदेखि निर्माण थालेको हो ।  पुल साढे चार वर्ष सम्म पूरा नहुनुमा स्थानीयले डिभिजन सडक कार्यालय महेन्द्रनगर  दोषी रहेको आरोप लगाएका छन । पुल सययमा निर्माण हुन  नसक्दा कन्चनपुरबाट धनगढी आउने उक्त क्षेत्रका बासिन्दाले कष्टकर यात्रा गर्दै आएका छन् । बिषेशत बर्षातको समयमा दैनिक आउनु पर्ने स्थानियहरु  बढी मारमा पर्ने गरेका छन् 

प्रतिकृया दिनुहोस

भौतिक बिकासको माग गर्दै भौतिक पूर्वाधार बिकास मन्त्रीलाई ज्ञापनपत्र

गोविन्द बीसी , मंसिर बौनिया बिद्यालयको भौतिक पूर्वाधार बिकासको माग राख्दै सुदूरपश्चिम प्रदेशका भौतिक बिकास मन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । 

सामाजिक बिकासमन्त्री सुबेदी बिहानै बेल्चा बोकेर खोलामा

अत्तरिया, कार्तिक ३० ।  कैलालीको गोदावरी नगरपालिका वडा नं ४ मा पर्ने भालुखोलामा निर्माणाधिन पुलको सम्झौता अबधि सकिएको छ । यद्धपी निर्माण अबधि

बाजुरामा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु

बाजुरा,कार्तिक २९ ।  बाजुरामा जीप दुर्घटना हुँदा एकजनाको  मृत्यु भएको छ। जिल्लाको  बूढीगङ्गा नगरपालिकाको–२ बल्देमा बिहीबार मार्तडी आउँदै